गत आर्थिक बर्षमा कुन जीबन बीमा कम्पनीले कति कमाए ?

Aug 26, 2015 Mero Lagani



गत आर्थिक बर्षमा जीबन बीमा कम्पनीहरुले व्यवसायको आकार र नाफा दुबै बढाएका छन् । जीवन वीमा कम्पनीहरुले प्रकाशीत गरेको आर्थिक वर्ष २०७१/०७२ मा वित्तीय विवरण हेर्दा जीवन बीमा कम्पनीहरुकोे प्रगति सन्तोषजनकै नै देखिएको छ ।

 

 

व्यसायको आकार र नाफा दुबै हिसाबमा गत वर्ष पनि नेपाल लाइफ इन्स्योरेन्स नै पहिलो नम्बरमा परेको छ । नेपाल लाइफले गत आर्थिक वर्षमा बीमाशुल्कबापत आठ अर्ब रुपैयाँ आर्जन गरेको छ । चुक्ता पुँजीका हिसाबले पनि यो कम्पनी पहिलो नम्बरमा छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड रुपैयाँ छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनले गत आर्थिक वर्षमा २ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले हालसम्म ५४ करोड १८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने ५९ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो कम्पनीको चुक्ता पुँजी ८५ करोड ५५ लाख रुपैयाँ छ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्ष १६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । १ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी भएको नेसनल लाइफले हालसम्म ३ अर्ब १० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने ९६ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
प्राइम लाइफले गत वर्ष ७ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले हालसम्म १ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरी २६ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
अमेरिकन लाइफ कम्पनीले गत आर्थिक वर्षमा ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । हालसम्म कम्पनीले १ अर्ब ९६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरी ८४ कारेड ३७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

सूर्या लाइफ कम्पनीले गत वर्ष १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले हालसम्म ७२ कारोड ५१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरी ३ कारोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो कम्पनीको चुक्ता पुँजी ५० करोड छ ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनील गत आर्थिक बर्षमा झण्डै सात प्रतिशत नाफा बढेको छ । कम्पनीले लेखापरिक्षण नगरि प्रकाशीत गरेको गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार खुद नाफा बढेर १ करोड ७१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष कम्पनीले १ करोड ६० लाख कमाएको थियो । एकबर्षको अवधिमा कम्पनीको नाफा करिब ११ लाख रुपैयाँले बढेको छ ।

राष्ट्रिय बीमा कम्पनीले २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले हालसम्म ७८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरी १० करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

 

............................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।