प्रभु बैंकको शेयरमा लगानीकर्ता खनिए, बीमाले झण्डै ६ अंकमा रोक्यो नेप्सेको गिरावट

Aug 26, 2015 Mero Lagani



गत साता नेपाली शेयर बजारमा ऐतिहासिक रेकर्ड बनाएको शेयर बजार परिसुचक नेप्से त्यस पछिका दिनमा झिनो अंकले ओरालो लाग्ने क्रममा छ । यस क्रममा बुधबार पनि नेप्सेमा ५ दशमलव ८४ अंकको गिरावट आएको छ ।

बजारमा वाणिज्य र्बैकका सेयरमा चाप परेपनि लगानीकर्ताहरु राम्रा विकास बैंक तर्फ लागेपछि कमाउनेको सूचीमा विकास बैंकहरु थपिएका छन । ठुला लगानीकर्ताहरु नाफा सुरक्षित गर्न तर्फ लागेपछि नेप्सेको उछाल नकरात्मक बनेको हो । बुधबार बीमा, विकास बैंक र होटल समूहका परिसूचकमा आएको सुधारले नेप्सेमा ५ अंक बढीको मात्र गिरावट आएको हो ।

बजारमा कारोबार भएकामध्ये ४ वटा समूहको परिसूचक घटेपछि नेप्से ओरालो झरेपनि बीमा र विकास बैंक समूह क्रमशः ४,९४८ दशमलव ४७ र २०१६ दशमलव ९१ अंकमा चढेका छन् । जसका कारण बजार तिब्र रुपमा ओरालो लाग्न नसक्दा ११७७ दशमलव ५७ अंकमा झरेर अडिएको छ ।

Nepse

यस क्रममा बीमा समुहमा सबै भन्दा धेरै ६३ दशमलव ०९ अंकले सुधारआएको छ । त्यसै गरि होटल समुहमा १३ दशमलव ३२, विकास बैंकमा २ दशमलव ०१ र बित्त समुहमा ० दशमलव २५ अंकले सुधार आएको छ । उता अघिल्लो दिन बजार होल्ड गराएको अन्य समुहमा बुधबार ३८ दशमलव ७६ अंकको गिरावट आएको छ । त्यसै गरि उत्पादनमा ६ दशमलव ५२, वाणिज्य बैंकमा ५ दशमलव ५२ र जलविद्युत समुहमा ४ दशमलव ०६ अंकले गिरावट आएको छ ।

Sub Index

बुधबार सेयरबजारमा १३० कम्पनीका २ हजार ६९ कारोबारबाट ८ लाख ५७ हजार ३ सय २३ किता शेयर २९ करोड ८० लाख १३ हजार ६ सय ३८ रुपैंयामा किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा झण्डै १ लाख कित्ता बढी शेयर किनबेच भए पनि कारोबार रकम भने झण्डै ४ करोड रुपैंयाले घटेको हो ।

२ करोड १६ लाख रुपैंयाको कारोबार गर्दै कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको प्रभु बैंक कारोबार संख्याका आधारमा पनि १ सय १६ कारोबार गर्दै अग्रस्थानमा रहेको छ । सेवा विकास बैंकका शेयरधनीले सबै भन्दा धेरै कमाएको कारोबारमा बुधबार सांग्रिला विकास बैंकका शेयरधनीले सबै भन्दा धेरै गुमाएका छन । सबैभन्दा बढि कमाउने दश कम्पनीमध्ये ४ वटा विकास बैंक रहेका छन ।

 

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।