झण्डै ७ महिनादेखि अभौतिक शेयर कारोबारका लागि सक्रियता बढाउँदै आएको सीडीएस एण्ड क्लियरिंग लिमिटेडले डीम्याट प्रकृयालाई तिब्र गतिमा अघि बढाउन लागेको हो । अहिलेको तयारी अनुसार पनि मंगलबार बेलुकासम्ममा जम्मा ७ करोड ३० लाख ४० हजार ५ सय ३८ कित्ता शेयर डीम्याट भएका छन् । गत शुक्रबार बेलुकासम्मा ६ करोड ८४ लाख ९३ हजार ८ सय २३ कित्ता शेयर डीम्याट भएकोमा आइतबार एक दिनमा मात्र साढे १४ लाख कित्ता भन्दा धेरै शेयर डीम्याट भएको थियो । त्यस पछि सोमबार ७ लाख ८० हजार ९ सय ४४ कित्ता शेयर डीम्याट भएको थियो ।
हाल सीडीएससीले विभिन्न मर्चेण्ट बैंक, ब्रोकर लगायतका ४५ संस्थालाई डीपीको लाइसेन्स वितरण गरेको छ । ती ४५ डीपीमार्फत देशव्यापी रुपमा शेयर डीम्याटको काम भइरहेको छ । डीपी लाइसेन्स पाएकाहरुले भने शेयर डीपी गर्ने स्रोत सानको कमी भएको भन्दै सीडीएससीको ध्यानाकर्षण गराउँदै आएका छन् ।
उता सीडीएससीले पनि डीपी लाइसेन्स होल्डरलाई उपलब्ध गराइएको पुर्वाधार कम भएको भन्दै त्यसलाई सुधार गरिने जनाएको छ । डीपी, आरटीए लगायतको कामका लागि हाल उपलब्ध गराइएका सफ्टवेयरको संख्या बढाउने तयारी भैरहेको सीडीएसका अध्यक्ष सिताराम थपलीयाले जानकारी दिए ।
नेपालस्टक एक्सचेञ्जमा २ सय ३२ कम्पनी सुचिकृत भए पनि औसतमा दैनिक १ सय ४२ कम्पनीको मात्र शेयर किनबेच हुँदै आएको छ । तर शेयर संख्याका आधारमा मात्र हेर्ने हो भने दैनिक ५ देखि ६ प्रतिशत शेयर मात्र किन बेच हुने देखिन्छ । समुगत आधारमा २८ वाणिज्य बैंक, ३७ विकास बैंक, १९ फाइनान्स, १२ बीमा र होटल तथा अन्यबाट १० वटा कम्पनीको शेयर अनिवार्य डीम्याट गरिएको हो ।
.........................................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।