निर्जीवन बीमा कम्पनीमा कसको नाफा कति ?

Aug 31, 2015 Mero Lagani



गत आर्थिक बर्षमा निर्जीवन बीमा कम्पनीहरुको नाफा समग्रमा  बढेको छ । गएको बैशाखमा गएको भूकम्पका कारण निर्जीवन बीमा कम्पनीहरूको नाफा घट्ने अनुमान गरिएको भएपनि त्यसको विपरीत समग्रमा निर्जीवन बीमा कम्पनीहरुको नाफा बढेको देखिएको छ ।

१७ निर्जीवन कम्पनीमध्ये हालसम्म वित्तीय विवरण प्रकाशीत गरेका कम्पनीको विवरणको आधारमा निर्जीवन कम्पनीको नाफा समग्रमा बढेको देखिन्छ । वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीमध्ये ६ वटा घाटामा गएका छन भने ७ वटा नाफामा गएका छन । 

 

समीक्षा अवधिमा कम्पनीहरूले जारी गरेको बीमा सख्या करीब १८ प्रतिशतले बढेको छ । आव २०७०/७१ मा कुल ७ लाख ६३ हजार ८ सय ७९ बीमालेख जारी भएकोमा आव २०७१/७२ मा भने ८ लाख ९४ हजार ९ सय ६३ बीमालेख जारी भएका छन् । त्यस्तै, बीमालेख नवीकरण गर्नेको सङ्ख्या पनि करीब ३६ प्रतिशतले बढेको छ । गत आवमा कुल २ लाख ७४ हजार ८५ ले बीमालेख नवीकरण गरेका छन् ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।