पुरै शेयर कारोबार रकममा भ्याट लाग्ने कुरा गलत हल्लाः आन्तरिक राजश्व बिभाग

Sep 06, 2015 Merolagani



आन्तरिक राजश्व बिभागले समग्र शेयर कारोबार रकममा मूल्य अभिबृद्धि कर अर्थात भ्याट लाग्ने कुरा हावादारी भएको प्रष्ट पारेको छ ।  शेयर दलाल कम्पनीहरुलाई कर कार्यालयहरुले मूल्य अभिबृद्धि करमा दर्ता हुन पत्र काटेपछि केही संचार माध्यमले अब शेयर कारोबारमा पनि भ्याट लाग्ने समाचार प्रबाह गरेका छन् । 

तर आन्तरिक राजश्व बिभागका अधिकृत डोलेन्द्र शर्माले मेरोलगानी डटकमसँग कुरा गर्दै शेयर कारोबारको समग्र रकममा नभई शेयर किनबेच गर्दा शेयर दलालले लिने कमिशन रकममा मात्रभ्याट लाग्ने स्पष्ट पार्नुभयो ।


उहाँले यसलाई ब्याख्या गर्दै भन्नुभयो– शेयर दलालहरुले लिने एक प्रतिशत कमिशनमा भ्याट नलाग्ने कुरा मूल्य अभिबृद्धि करको अनुसुची १ मा उल्लेख भएको छैन, त्यसैले त्यो कमिशन रकममा भ्याट लाग्ने कुरालाई अन्यथा मिल्दैन । तर पुरै कारोबार रकममा १३ प्रतिशत भ्याट लाग्ने भन्ने हल्ला पुरै गलत हो ।

शर्माले शेयर कारोबार गर्दा लगानीकर्ताले तिर्दै आएको एक प्रतिशत रकममा भ्याट लगाउने बारेमा महालेखा परीक्षक लगायतका निकायहरुसँग पनि छलफल हुँदै आएको जानकारी दिनुभयो । उहाँले कमिशन बाहेकका अन्य रकममा भ्याट नलाग्ने भएकाले लगानीकर्ता आत्तिएर गलत हल्लाका पछाडि दौडिनु नहुनेमा जोड दिनुभयो ।

 

हाल शेयर बजारका लगानीकर्ताहरुले शेयर कारोबार गर्दा एक देखि ०.७ प्रतिशतसम्म दलाल कमिशन, धितोपत्र बोर्ड कमिशन ०.०१५ प्रतिशत, यदि शेयर बेच्दा नाफा भएमा ब्यक्तिगत रुपमा पाँच प्रतिशत र संस्थागत रुपमा १० प्रतिशत तिर्नुपर्ने ब्यवस्था रहेको छ । आय कर तर्फ पाँच प्रतिशत तिर्नु पर्ने ब्यवस्था रहेको छ ।


कति उठ्ला राजश्व ?


नेपाल स्टक एक्सचेन्जमा बार्षिक रुपमा एक खर्ब रुपैयाँको अनुमानित शेयर किनबेच भएमा त्यसको एक प्रतिशत अर्थात एक अर्ब मात्र कमिशन लगानीकर्ताले दलालहरुलाई बुझाउनुपर्छ । कमिशन एक अर्बबाट १३ करोड रुपैयाँ भ्याट वापत सरकारी राजश्व खातामा जानेछ । शेयर दलालहरुलाई भ्याटमा ल्याई राजश्व असुली क्षेत्र फराकिलो पार्ने क्रममा केही रकम आन्तरिक राजश्व कार्यालयले उठाएर आफ्नो उपलब्धि देखाउँनसक्छ ।

तर समग्र शेयर कारोबार रकममा १३ प्रतिशत भ्याट लाग्ने गलत हल्ला लगानीकर्तामा फैलिएर शेयर बजार ५० अंकले तल झरी बजार पूँजीकरण ५० अर्बले घटेको साढे दुई अर्ब पूँजीगत लाभकर सरकारले गुमाउने छ । यसो भएमा भुँईको टिप्न खोज्दा पोल्टाको खस्ने संभावना पनि उत्तिकै भएकाले गलत हल्ला चिर्न सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने देखिएको छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।