चिलिमेले सिडिएससिमा दर्ता हुन हालसम्म निवेदन समेत दिएको छैन । शेयरबजारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा चिलिमे हाईड्रो अग्रपंक्तिमा रहदै आएको छ । अझ जलविघुत समुहमा यो कम्पनीको कारोबार प्राय उच्च नै हुने गरेको छ । तर पछिल्लो समयमा धेरै कम्पनीका शेयरहरु डिम्याटमा कारोबार भईरहदा यो कम्पनीका कारोबारीहरुले भने कागजी रुपमै अल्झदा कारोबारमा सुधार हुन सकेको छैन ।
चिलिमे हाईड्रोका कम्पनी सचिव नारायणप्रसाद आर्चायका अनुसार कम्पनीले आफ्ना सबै शेयरहरु अभौतिक गर्ने अथवा डिम्याटमा लैजाने प्रक्रिया थालिसकेको जानकारी दिए । उनले बढिमा २ महिनाभित्रमा सबै शेयरहरु डिम्याटमा लैजाने लक्ष्य रहेको मेरोलगानीलाई बताए । जसका लागि कम्पनीको शेयर निष्काशन तथा प्रबन्धक रहेको नागरिक लगानीकोषसंग सहकार्य भईरहेको पनि उनले बताए ।
रसुवाका स्थानीयबासीहरुको दश प्रतिशत शेयर स्वामित्व रहेको यो कम्पनीलाई सबै शेयरहरु २ महिनाभित्रमै डिम्याटमा लैजान भने त्यत्ती सहज छैन । स्थानीय बासिहरुकै यो आयोजनामा दश प्रतिशत शेयर रहेको छ । यसका लागि कम्पनीले स्थानिय शेयरधनीहरुलाई डिम्याट सम्बन्धीका तालिमहरु संचालन गर्ने सोचमा रहेको कम्पनी सचिव आर्चायले बताए ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानि कोषले पनि यस बिषयमा चिलिमेसंग कुराकानी भईरहेको जनाएको छ । कोषका प्रमुख प्रशासक रामकृष्ण पोखरेलका अनुसार अन्य साना साना कम्पनीहरुको काम भईरहेको र चिलिमेको शेयरसंख्या धेरै भएकाले केहि समय लाग्ने बताए । यसको लागि आन्तरिक तयारीमा कोष जुटेको उनले बताए ।
चुक्तापूँजी २ अर्ब ७२ करोड ५६ लाख ३२ हजार रहेको चिलिमे हाईड्रोकोे २ करोड ७२ लाख ५६ हजार ३२० कित्ताशेयर सेयरबजारमा सुचिकृत रहेका छन । हाल २७० मेगावाटका विभिन्न चार वटा आयोजनाहरु बनाईरहेको चिलिमेको सेयरमा लगानीकर्ताको आर्कषण पनि उत्तिकै छ ।
यो कम्पनीमा नेपाल विद्युतप्राधिकरणको ५१ प्रतिशत, प्राधिकरण र चिलिमेका कर्मचारीको २५ प्रतिशत , सर्वसाधारणको १४ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिको १० प्रतिशत शेयर स्वामित्व रहेको छ ।
सेयर बजारमा अहिले यो कम्पनीको सेयरप्रतिकित्ता १५ सय रुपैयाँको हाराहारीमा करोबार भईरहेको छ । तर अहिलेसम्म डिम्याटमा जान नसक्दा विस्तारै लगानीकर्ताको आर्कषण घट्दै गएको देखिन्छ । कागजी कारोबारले गर्दा यो कम्पनीको शेयरले जुन गति लिनुपर्ने हो त्यो नभएको कतिपय लगानीकर्ताको भनाई छ ।
चिलिमे हाइड्रोपावर कम्पनीले आव ०७१/७२ को चौथो त्रैमाससम्मको नाफा ८६ करोड ५४ लाख खुद नाफा कमाएको थियो । जुन अघिल्लो आर्थिक बर्षको भन्दा ७ दशमलव ९ प्रतिशतले कम हो । नाफा घटेपनि कम्पनीको जगेडाकोषमा भने ४ अर्ब ५३ करोड ४३ लाख सञ्चित गरेको देखिन्छ । कम्पनीले अघिल्लो बर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीले यसबर्ष कति बोनश र नगद लाभांश बाड्ला लगानीकर्तामा उत्सुकता रहेको देखिन्छ ।
.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।