बुधबार बैठकको निर्णय नेपाल राष्ट्र बैंकमा पेश गरिएको जनाउँदै बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले प्रकृया पुरा भएर आए पछि शेयर बितरणको प्रकृया खुल्ला हुने बताए । यस सम्बन्धमा बैंकले नेपाल स्टक एक्सचेञजलाई पनि जानकारी गराईसकेको छ ।
अघिल्लो आर्थिक बर्षमा २५ करोड ९६ लाख ९४ हजार रुपैयाँ खुद नाफा गरेको बैंकले गत आर्थिक बर्षमा २५ करोड ५४ लाख ३७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकको खुद नाफा करिब ४२ लाख ५७ हजार रुपैंयाले घटेको हो । बैंकको नाफा घटेपछि लगानीकर्ताको प्रतिशेयर आम्दानीमा समेत कमी आएको छ । समिक्षा अवधिमा प्रति शेयर आम्दानी ५ रुपैयाँ बढिले घटेको छ । अघिल्लो आर्थिक बर्षमा प्रति शेयर आम्दानी ३३.३९ रहेकोमा गतबर्ष २८.५३ रुपैयाँमा झरेको छ ।
बैंकको पूँजी कोष १५.२९ प्रतिशत रहेको छ । बैंकको शेयरबजारमा प्रतिकित्ता ३५५ रुपैयाँको हाराहारीमा कारोबार भईरहेको छ । बैंकको ८९ करोड ५३ लाख २३ हजार रुपैयाँ चुक्ताँपूजी रहेको छ जसलाई राष्ट्र बैंकले निर्धारण गरेको चुक्तापूँजी पुर्याउन करिब २ गुणा पूँजी बढाउनुपर्ने देखिन्छ ।
के छ त पूँजी वृद्धिको योजना
१ अर्व रुपैंया भन्दा कम चुक्ता पूँजी रहेको कैलाश विकास बैंकले आफ्नो अस्तित्व जोगाउँदै आफैंले पूँजी वृद्धिका लागि पहल गर्ने प्रमुख कार्यकारी लामिछानेको भनाई छ । यसका लागि बैंकले प्रत्येक वर्ष कम्तीमा पनि २५ प्रतिशतका दरले बोनस शेयर बितरण गर्ने लक्ष्य लिएको छ ।
बेनस शेयरबाट मात्रै कुनै पनि हालतमा बैंकको पूँजी २ अर्व ५० करोड पुग्न सम्भव छैन । यसका लागि बैंकले मर्जर वा एक्विजीशनको बाटो पनि खुल्ला गरेको छ, तर आफ्नो नेतृत्वमा । यसको मतलव कैलाश ठुला वाणिज्य बैंकसंगको मर्जरमा जाने पक्षमा छैन ।
प्रमुख कार्यकारी लामिछानेका अनुसार वाणिज्य बैंकको साथले प्रतिफलमा गिरावट आउनुका साथै हालको बैंकको अस्तित्व पनि धरापमा पर्नेछ । उनी भन्छन् ‘यसै कारणले हामी पहिलो चरणमा बोनस शेयरलाई प्राथमिक्ता दिन्छौं र आफु समानका अथवा साना वित्तीय संस्थालाई मिलाएर मर्ज तथा एक्वीजिशनमा जान्छौं । यति गर्दा पनि क्यापीटल नपुगेको खण्डमा हाम्रो अन्तिम अस्त्र हकप्रद शेयर बितरण हुनेछ ।’
बैंकले पूँजी वृद्धिको योजना नेपाल राष्ट्र बैंकमा बुझाइ सकेको छ ।
.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।