साढे ५५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्दे माछापुच्छ्रे बैंक

Sep 16, 2015 Mero Lagani



माछापुच्छ्रे बैंकले लिमिटेडले ५५ करोड ५२ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको छ । बैंकले प्रति शेयर एक सय रुपैयाँ अंिकंत ५५ लाख ५२ हजार ५ सय ९३ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

बैंकले आगामी असोज १७ गते देखि ५ बराबर १ अर्थात (५ः१) कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकको गत मंसिरमा सम्पन्न साधारणसभाले पारित गरे बमोजिम ५ बराबर १ अनुपातको हकप्रद जारी गर्न लागेको हो । लगानीकर्ताले पाँच सेयर बराबर एक सेयरका दरले हकप्रद पाउने छन् ।

हाल २ अर्व ७७ करोड ६२ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकको हकप्रद शेयर बाँडफाँड पछि चुक्तापूँजी ३ अर्व ३३ करोड १५ लाख पुग्नेछ । हकप्रदका लागि यस अघि नै बुक क्लोज भइसकेको छ । साउन ३१ गतेसम्म सेयर किनिसकेका लगानी कर्ताले मात्रै हकप्रद भर्न पाउँछन् ।

बैंकको हकप्रद शेयर खरीदका लागि नविल इन्भेष्टमेण्ट बैकिंङ लिमिटेड नक्साल काठमाडौँ र माछापुच्छ्रे बैंकका विभिन्न शाखाहरुमा दरखास्त दिन सक्नेछन् । असोज १७ गते देखि खुल्ला हुने हकप्रद शेयर कार्तिक २२ गते बन्द हुनेछ ।

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।