
बुधबार बजार खुलेदेखिनै ओरालो लागेको नेप्से बजार बन्द हुने समयमा ३.०३ अंकले झरेर १२०२.८१ अंकमा अडिएको छ । नेप्सेमा कारोबारमा आएकामध्ये पचास प्रतिशत समुहको परिसूचक बढेको छ भने पचास प्रतिशतकै घटेको छ । वीमा र उत्पादन समूहको परिसूचक उच्च अंकले घटेपछि नेप्से नकारात्मक हुन पुग्यो ।
यसदिन शेयरबजारमा १३९ कम्पनीका २ हजार ७ सय २९ कारोबारबाट १० लाख ४७ हजार कित्ताशेयर ५८ करोड ४० लाख रुपैयाँ बराबरमा किनबेच भएका छन । अघिल्लो कारोबारको तुलनामा कारोबार रकम झण्डै ६ करोड रुपैयाँले घटेको छ ।

यस दिनको कारोबारमा हामा मर्चेण्ट एण्ड फाइनान्स, नेपाल एक्सप्रेश फाइनान्स काष्ठमण्डप डिभलपमेन्ट बैंक र प्रोफोशनल दियालो विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन । यी कम्पनीको शेयर मुल्य करिब दश प्रतिशतले बढेको छ ।
युनिक फाईनान्स, एनआईडिसि क्यापीटल मार्कैट, सोसाइटी डिभलपमेन्ट बैंक, नारायणी नेशनल फाइनान्स,नेको इन्स्योरेन्स र इन्फास्टक्चर डेभलपमेन्ट बैंक कमाउनेमा परेका छन ।

त्यस्तै यति डिभलपमेन्ट बैंक, कर्के विहार विकास बैंक, नेपाल इन्स्योरेन्स रिडी हाईड्रो, एनएलजि इन्स्योरेन्स र राष्ट्रिय वीमा कम्पनी लगायतका कम्पनी गुमाउनेको अग्रपंक्तिमा परेका छन ।
यसदिन नेपाल इन्भेष्टमेन्ट बैंकका प्रोमोटोर शेयर सबैभन्दा बढि ३ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरि एनआईसि एशिया, एनबीबी र प्राईम बैंकको पनि ३ करोड बढिको कारोबार भएको छ । ,नबिल प्रोमोटोर, नेशनल लाइफ, सनराईज, चिलिमे हाईड्रो, र नबिल बैंकले पनि २ करोड बढिको कारोबार गरेका छन ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिले बैंक तथा वित्तीय सस्थाको पूँजी बृद्धि गर्ने निर्णय गरेपछि बजार निरन्तर उकालो लागि रहेको छ । विशेगारि पछिल्लो समयमा बाणिज्य बैंकहरुले धमाधम आफ्नो पूँजी बृद्धिको योजना सार्वजनिक गर्दा बोनस र हकप्रदलाई प्राथमिकतामा राखेका छन् । जसका कारणले लगानीकर्ताहरु वाणीज्य बैंकका सेयरहरुमा होमीएका छन ।
आफै पूँजी पुर्याउन सक्ने बैंकहरुमा विशेष आर्कषण देखिएको छ । तर मध्यमस्तरका वित्तिय संस्थाहरु नाफा कमाउने कम्पनीमा अगाडि देखापरेका छन । गत आर्थिक बर्षको नाफाबाट कतिपय कम्पनीहरुले लाभांश प्रस्ताव गरेपछि त्यस्ता कम्पनीमा पनि लगानीकर्ता आर्कषित भएका छन । बोनस शेयर घोषणा गरेका कतिपय कम्पनीहरुको शेयर लगानीकर्ताहरुले महंगो मुल्यमानै उठाउन तयार देखिएका छन ।
.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।