ग्लोबल आईएमई बैंकको पनि २३ प्रतिशत बोनस, चुक्ता पूँजी ६ अर्ब नाघ्ने

Sep 30, 2015 Merolagani



 

निजी बाणिज्य बैंकहरुमा सर्बाधिक चुक्ता पूँजी रहेको ग्लोबल आईएमई बैंकले पनि गत बर्षको खुद नाफाबाट आकर्षक बोनस शेयर दिने प्रस्ताव गरेको छ ।

बैंक संचालक समितिको बैठकले लगानीकर्तालाई २३ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो । 

हाल पाँच अर्ब एक करोड चुक्ता पूँजी रहेको बैंकको बोनस बितरणपछि ६ अर्ब ११ करोड नाघ्ने छ । नेपाल राष्ट्र बैंकले हालैको मौद्रिक नीति अनुसारको आगामी दुई बर्षमा उसको न्युनतम चुक्ता पूँजी आठ अर्ब बोनस शेयरबाटै सहजै पुग्ने देखिएको छ ।


बैंकले गत आर्थिक बर्षमा खुद नाफा एक अर्ब नघाएको थियो । कमर्ज एण्ड ट्रष्टलगायतकका कम्पनीहरुलाई आफुमा मिलाएर ठूलो बाणिज्य बैंक बनेको ग्लोबल आईएमईले केही बाणिज्य बैंकहरुलाई आफुमा मिलाएर पूँजी अझै बढाउने सोचमा रहेको बुझिएको छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।