लौ हेर्नुहोस यस्तो छ लुम्बिनी बैंकको पूँजी योजना (आधिकारिक बिबरणसहित)

Sep 30, 2015 Merolagani



बाणिज्य बैंकहरुमा मध्यमस्तरमा रहेको लुम्बिनी बैंकले आफ्नो पूँजी योजना वेभसाईटमार्फत सार्वजनिक गरेको छ । बैंकले कुनै एक बाणिज्य बैंकसँग मर्ज गरेर र बोनस र हकप्रदसहित चुक्ता पूँजी आठ अर्ब पुर्याउने योजना राष्ट्र बैंकमा पेश गरेको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार पूँजी योजना सार्वजनिक गरिएको हो । 

                                    यस्तो छ लुम्बिनी बैंकको पूँजी योजना

 

 

 

 

 

 

 

 

 

 

 

 


दुई अर्ब एक  करोड चुक्ता पूँजी रहेको बैंकले गत बर्षको खुद नाफाबाट २७ करोड ७० लाख बराबरको बोनस शेयर बाड्ने, यसै बर्ष एक बाणिज्य बैंक वा अन्य बिकास बिकास बेंक र फाईनान्ससँग मर्जमा जाने र ७७ करोडको बोनस शेयर दिएर चुक्ता पूँजी पाँच अर्ब ३४ करोड पुर्याउने लक्ष्य लिएको छ ।

त्यसैगरी आगामी बर्ष बिकास बैंक तथा फाईनान्स कम्पनी गाभेर थप एक अर्ब पूँजी बढाउने, ६४ करोडको हकप्रद शेयर जारी गर्ने र एक अर्ब १ करोड रुपैयाँ बराबरको बोनस शेयर जारी गरेर आठ अर्ब पुर्याउने लक्ष्य लिएको छ ।

लुम्बिनी बैंकले बिगतका बर्षहरुमा क्रमबद्ध रुपमा प्रगति गर्दै आएको, निस्क्रिय कर्जा निकै कम र मुल्य आम्दानी अनुपात राम्रो भए पनि पूँजी योजना पुरा गर्नु निकै चुनौतिपूर्ण देखिएको छ ।

बैंकमा बढी शेयर स्वामित्व भएका कर्मचारी संचय कोष र नागरिक लगानी कोषले हिम्मत गरेमा भने लुम्बिनीको पूँजी आठ अर्ब पुर्याउन खासै कठिनाई नहुने अबस्था छ तर बैंकको बर्तमान संचालक समितिका अधिकांश सदस्यहरु आफै पूँजी थप्न नचाहेकाले मर्जमै बढी जोड दिएको बताईन्छ । स्रोतका अनुसार लुम्बिनीले बेंक अफ काठमाडौ, ग्लोबल आईएमई लगायतका बैंकहरुसँग मर्जको प्रसंग चलाएको छ । बिजिनेश युनिभर्सल बिकास बैंकसँग त लुम्बिनीले पहिले देखि नै कुराकानी गर्दै आएको हो ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।