एनबी बैंकको पूँजीवृद्धि योजना

२ अर्ब ४३ करोड चुक्ता पूँजी रहेको बैंकले गत बर्षको खुद नाफाबाट ६० करोड ८ लाख रुपैयाँ बराबरको बोनस शेयर बाड्ने, आगामी बर्ष एक बाणिज्य बैंक वा अन्य वित्तीय संस्थाहरुसँग मर्जमा गएर २ अर्ब ५० करोड बराबरको चुक्ता पूँजी थप गर्ने र सोही बर्ष एनबी बैंकको चुक्ता पूँजीको २७.५ प्रतिशत तथा मर्जर भएर आएका बैंक तथा वित्तीय संस्थाको २० प्रतिशत गरी १ अर्ब ३३ करोड रुपैयाँ बराबरको बोनस शेयर जारी गरेर आगामी आर्थिक बर्षमा ६ अर्ब ८७ करोड चुक्ता पूँजी पुर्याउने लक्ष्य लिएको छ ।
त्यसैगरी आर्थिक बर्ष ७३/७४ को नाफाबाट १ अर्ब १६ करोड बरारबको बोनस सेयर जारी गरेर ७४ असार मसान्तसम्ममा ८ अर्ब ४ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याउने लक्ष्य लिएको छ ।
बंगलादेशी साझेदारहरहरु रहेको नेपाल बंगलादेश बैंक (एनबीबी) बैंकले क देखि ग वर्गसम्मका वित्तिय संस्थाहरुसंग मर्जमा जाने र बोनस मात्रै दिएर २०७४ असार मसान्तसम्ममा चुक्ता पूँजी आठ अर्ब रुपैयाँ र्पुयाउने योजना केन्द्रिय बैंकमा बुझाएको छ । साझेदार मार्फत पूँजी थप्ने योजना एनबी बैंकले लिएको छैन ।
राष्ट्र बैंकले आफ्नै नियन्त्रणमा रहेको एनसीसी बैंकलाई समेत एनबीमा मर्ज गराउने प्रयास गरेको भएपनि यो सम्भावना टुगिंएको छ ।
.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।