२ अर्ब ६५ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकले गत बर्षको खुद नाफाबाट १ अर्ब ३ करोड रुपैंया बराबरको बोनस शेयर बाडेर चालु अर्थिक वर्षमा ३ अर्व ६९ करोड रुपैंया चुक्ता पूँजी बनाउने योजना बनाएको छ ।
चालु अर्थिक वर्षमा उक्त पूँजीको २५ प्रतिशत अर्थात ९२ करोड ४० लाख रुपैंया बराबरको हकप्रद शेयर तथा ८५ करोड १० लाख रुपैंया बराबरको बोनस शेयर बितरण गरेर बैंकले चुक्ता पूँजी ५ अर्व ४७ करोड रुपैंया पुर्याउने छ ।
त्यस पछि आर्थिक वर्ष २०७३ ७४ मा बैंकले ५ अर्ब ७४ करोड रुपैंयाको २५ प्रतिशत अर्थात १ अर्ब ३६ करोड रुपैंया बराबरको हकप्रद शेयर बितरण गर्नेछ । त्यसै गरि बैंकले उक्त आर्थिक वर्षमा १ अर्ब १७ करोड रुपैंया बढीको बोनस शेयर बितरण गरि चुक्ता पूँजी ८ अर्ब १ करोड रुपैंया पुर्याउने योजना बनाएको छ ।
यस्तो छ एनआइसी एशिया बैंकको पूँजीवृद्धि योजना

बोनस र हकप्रदको आशामा लगानीकर्ताको ओइरो लाग्ने चलन गत साताको शेयर बजारमा देखिएको अवस्थामा यस पटक पनि एनआइसी एशियाको शेयरमा लगानीकर्ताको ओइरो लाग्ने देखिएको छ । मंगलबार र बिहीबार मात्र बैंक अफ काठमाण्डुको शेयर किनबेचमा देखिएको उछालले पनि यसलाई पुष्टि गर्छ । बुधबार ९ सय ८५ रुपैंयामा किनबेच भएको बैंकको प्रतिकित्ता शेयर मुल्य बिहीबार र त्यस पछिका दिनमा बढ्ला कि घट्ला भन्ने चासो लगानीकर्तामा बढेको छ ।
.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।