कुमारी बैंकले यसरी पुर्याउँदै छ आठ अर्ब रुपैयाँ (आधिकारिक बिबरणसहित)

Oct 01, 2015 Mero Lagani



नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार एनआइसी कुमारी बैंकले आफ्नो पूँजीवृद्धि योजना वेभसाईटमार्फत सार्वजनिक गरेको छ । बैंकले अन्य बैंक तथा बित्तीय संस्थासंगको मर्जर, बोनस शेयर र हकप्रद शेयरबाट २ वर्षमा चुक्ता पूँजी ८ अर्व रुपैंया पुर्याउने योजना सार्वजनिक गरेको हो ।

२ अर्ब ४३ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकले यसबर्ष गत बर्षको मुनाफाबाट २४ करोड ६ लाख रुपैयाँ बराबरको बोनोस सेयर जारी गर्नेछ । साथै आगामीबर्ष ७६ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्नेछ ।

आगामी बर्षमानै अन्य बैंक तथा वित्तीय संस्थासंगको मर्जरबाट २ अर्ब ७५ करोड रुपैयाँ बराबरको पूँजी थपगरी आर्थिक बर्ष ०७२रु०७३ मा ६ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूजी पुर्याउने लक्ष्य लिएको छ ।

त्यस पछि आर्थिक वर्ष २०७३ ७४ मा बैंकले ७४ करोड २ लाख रुपैयाँ बराबरको बोनस शेयर जारी गर्ने र १ अर्ब २३ करोड रुपैयाँ हकप्रद तथा अन्य वित्तीय संस्थाहरुसंगको मर्जरबाट थप गर्ने योजनामा उल्लेख गरेको छ ।

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 




निफ्राले गर्यो नगद लाभांश घोषणा

Sep 05, 2025 10:17 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।