एक्कासी किन रोकियो प्रभु बैंकको शेयर कारोबार ?

Oct 01, 2015 Mero Lagani

ग्राण्ड बैकलाई प्राप्ती गर्ने क्रमको अन्तिम अवस्थामा रहेके प्रभु बैंक (PRVU) को शेयर कारोबार बिहीबार एकाएक बन्द भएको छ । नेपाल राष्ट्र बैंकले दुर्व बैंकलाई फेरी साधारण सभा गरि मर्जर वा एक्वीजिशन प्रकृया अघि बढाउन निर्देशन दिए पछि बिहीबार नेप्सेले प्रभु बैंकको शेयर कारोबार रोक्का गरेको हो ।

नेपाल राष्ट्र बैंकले ग्राण्ड (GRAND) र प्रभु (PRVU) लाई फेरी साधारण सभा गर्न निर्देशन दिए लगत्तै नेप्सेले सुचना प्रकाशित गरि प्रभु बैंकको शेयर कारोबार रोक्का गरेको हो ।

 

PBL

लगानीकर्ता भने प्रभु बैंकको शेयर कारोबार रोक्का भए पछि अचम्ममा परेका छन् ।

एक्वीजिशनका लागि अन्तिम स्वीकृति पाउने समयका बेला प्रभु बैंकको

शेयर कारोबार समेत स्थगित भएकाले उनीहरुमा अन्यौलता थपिएको हो ।

PBL

प्रभु बैंकमा विलय हुने क्राममा ग्राण्ड बैंक रहेकाले यस अघि ग्राण्डको मात्र शेयर कारोबार रोक्का गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीका अनुसार दुई बैंकको प्रस्तावीत शेयर स्वाप रेशियो नमिलेका कारण फेरी साधारण सभा गरि उक्त विषय सच्याउन बैंकहरुलाई निर्देशन दिइएको हो ।

मेरो लगानीडटकमसंग कुरा गर्दै प्रवक्ता पंगेनीले भने ‘अहिलेको एक्विजीशन जसरी अघि बढेको छ, त्यो एउटा संस्था प्राप्तीको अहिलेको व्यवस्था विपरित छ । फेरी शेयर स्वाप रेशियोमा पनि दुई बै.कका बिचमा मिल्न नसक्ने अवस्था देखियो । यसै कारण हामीले प्रभु र ग्राण्डलाई साधारण सभाबाट ती विषय सच्याउन निर्देशन दिएका हौं । यसले आजबाट प्रभुको पनि शेयर कारोबार रोक्का भएको छ । कहिले सुचारु हुन्छ भनेर मिति तोक्ने अवस्था छैन ।

‘ग्राण्ड बैंकलाई प्राप्ती गर्ने प्रश्ताव राष्ट्र बैंकमा पेश भएकोमा प्रस्तावमा दुई बैंकका बिचमा मर्ज हुने भन्ने आशयको देखिएकाले प्रभु बैंकको कारोबार रोकिएको हो । एक्वीजीशन व्यवस्था भन्दा फरक प्रस्ताव देखिएकाले त्यसलाई साधारण सभा मार्फत प्रष्ट पारेर आउन निर्देशन दिएका हौं । त्यस लगत्तै हामी अन्तिम स्वीकृति दिन्छौं ।’ प्रवक्ता पंगेनीले मेरो लगानीसंग भने ।

राष्ट्र बैंकको यस्तो निर्देशन पछि दुबै बैंकले पुन छुट्टाछुट्टै साधारणसभा गर्नुपर्ने भएको छ । साधारणसभाले  स्वीकृति दिएपछि मात्रै बैंक संचालक समितिले मर्जर वा एक्वीजिशनको अन्तिम निर्णय गर्न पाउने छन् ।  साधारणसभाले अनुमोदन गरेपछि दुबै संस्था सैद्धान्तिक स्वीकृति लिन राष्ट्र बैंक जानु पर्छ । राष्ट्र बैंकले स्वीकृति दिएपछि अन्तिम प्रकृया अगाडि वढ्छ । 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

सम्बन्धित समाचार 

प्रभुले ग्रान्ड किन्ने प्रक्रिया अन्तिम चरणमा, दुवैले एकैदिन बोलाए विशेष साधारण सभा, २ महिना भित्रमा एकिकृत कारोबार

 

 

 

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।