चिलिमे जलविद्युतको शेयरमा लगानी गर्नु कति ठीक ? कम्पनी विष्लेषण

Oct 05, 2015 Mero Lagani



जलविद्युत कम्पनीहरु मध्येको मात्र नभई सबै समुहमा केही समय अघि सम्म राम्रो शेयर मुल्य कायम गर्न सफल रहेको चिलिमे हाइड्रो पावर लिमिटेड (CHCL) लगानीकर्ताको रोजाइमा रहँदै आएको छ । सन् १९९५ मा उर्जा क्षेत्रको समग्र विकासको लक्ष्य सहित स्थापना भएको कम्पनीमा नेपाल विद्युत प्राधिकरणको ५१ प्रतिशत शेयर हिस्सा रहेको छ भने बाँकी ४९ प्रतिशत शेयर सर्वसाधारणलाई बितरण गरिएको छ । रसुवाबासीलाई पनि त्यहि ४९ प्रतिशतबाट १० प्रतिशत शेयर प्रदान गरिएको छ । 

CHCL

 

रसुवामा निर्माण भएको २२ दशमलव १ मेगावाट क्षमताको जलविद्युत आयोजनाबाट चिलिमे (CHCL) ले ठुलो मात्रामा नेपाल विद्युत प्राधिकरणलाई विद्युत बेच्दै आएको छ । चिलिमेले वार्षिक रुपमा १ सय ५० गिगावाट विद्युत उत्पादन गर्दै आएको छ । 

यसका अलावा चिलिमेले ३ वटा सहायक कम्पनीहरु रसुवागढी हाइड्रोपावर कम्पनी, मध्य भोटेकोशी जलविद्युत कम्पनी र सानजेन जलविद्युत कम्पनी सञ्चालन गरि विभिन्न जलविद्युत आयोजनाहरुमा अग्रसर भैरहेको छ ।

CHCL

अघिल्लो आर्थिक वर्षमा २ अर्ब २७ करोड १३ लाख रुपैंया चुक्ता पूँजी रहेको कम्पनीले २० प्रतिशतले पूँजी वृद्धि गरि २ अर्ब ७२ करोड ५६ लाख रुपैंया पुर्याएको छ ।

४ अर्ब ५३ करोड ४३ लाख रुपैंयाको जगेडा कोष बनाएको कम्पनीले आ.व. २०७१/७२ को चौथो त्रैमाससम्ममा जलविद्युत तथा अन्य क्षेत्रमा गरी ३ अर्ब ९४ करोड ८२ लाख रुपैंया लगानी गरिसकेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा, प्रतिशेयर आम्दानी लगायतका सुचकांकमा आएको गिरावटले कम्पनीको शेयर मुल्यमा गिरावट आएको अनुमान गर्न सकिन्छ ।

CHCL


चिलिमेका सवल पक्षहरु :

- चुक्ता पूँजी २० प्रतिशतले वृद्धि हुनु ।

- जगेडा कोष १ दशमलव ५८ प्रतिशतले वृद्धि हुनु ।

- लगानी ४८ दशमलव ४३ प्रतिशतले बिस्तार हुनु ।

  • ३ वटा सहायक कम्पनी मार्फत २ सय ७० मेगावाट भन्दा बढी विद्युत उत्पादनमा अग्रसर हुनु ।

CHCL

- सहायक कम्पनी मार्फत ३ जलविद्युत आयोजनाको निर्माण पश्चात ठुलो मात्रामा लाभांस बितरण गर्ने क्षमता तयार हुनु ।

- लाभांस बितरणसंगै बढ्ने कम्पनीको नाफाले लगानीकर्ताले पाउने प्रतिफल बढ्नु ।

- तोकिएको मिति सन् २०१६ सम्ममा चिलिमेका सबै आयोजना निर्माण सम्पनन भएर विद्युत उत्पादन गर्न सके त्यसले दिने प्रतिफलका आधारमा लगानीकर्ताको ओइरो लाग्ने अवस्था श्रृजना हुनु ।

- सहायक कम्पनी अन्तरगतका जलविद्युत आयोजनाका लागि पूँजी संकलनका लागि आगामी वर्षदेखि उच्च दरमा बोनस शेयर बितरण गर्ने अवस्था हुनु ।

CHCL चिलिमेका कमजोर पक्षहरु :

- रिटर्न अन इक्वीटीमा अघिल्लो वषर््ाको तुलनामा गिरावट आउनु ।

- खुद नाफामा पनि अघिल्लो वर्षको तुलनामा गिरावट आउनु ।

- पूँजी वृद्धि भए पनि प्रतिशेयर आम्दानीमा गिरावट आउनु ।

- प्रतिशेयर नेटवर्थमा गिरावट आउनु ।

 

CHCL

CHCL

 

 

 

 

 

 


२ करोड ७२ लाख ५६ हजार ३ सय २० कित्ता शेयर रहेकोकम्पनीको प्रतिशेयर नेटवर्थ २ सय ६६ रुपैंया ३६ पैसा तथा प्रतिशेयर आम्दानी ३१ रुपैंया ७५ पैसा कायम भएको कम्पनीको गत आर्थिक वर्षमा ठुलो मात्रामा शेयर कारोबार भएको छ ।

गत आर्थिक वर्षमा १५ प्रतिशत नगद लाभांस तथा २० प्रतिशत बोनस शेयर बितरण गरेका कारण पनि कम्पनीको शेयरमा गत आर्थिक वर्षमा लगानीकर्ताको आकर्षण बढेको हो ।

सहायक कम्पनी मार्फत निकट भविष्यमा २ सय ७० मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्ने भएकाले आगामी दिनमा चिलिमेको शेयरमा लगानीकर्ताको आकर्षण अझै बढ्ने देखिन्छ ।

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

सम्बन्धित समाचारहरु

चिलिमे जलविद्युत कम्पनी कहिले जाला डिम्याट कारोबारमा ?

चिलिमे जलविद्युतमा फेरि आन्दोलन सुरु, सबै प्रशासनिक काम बन्द

चिलिमको स्वाद चाखेका रसुवाबासीलाई बन्दै गरेका एकसय बहत्तर मेगावाटका आयोजनाले के गर्ला ?

चिलिमे जलविद्युतको खुद नाफा किन घट्यो ?

चिलिमेले ५ बर्षमा ५ सय मेगावाट विद्युत उत्पादन गर्ने

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।