हाम्रो विकास बैंकले १५,एक्सेल डेभलपमेन्टले २६ प्रतिशत बोनस सेयर दिने

Oct 14, 2015 Mero Lagani



हाम्रो विकास बैंकले आफ्ना लगानीकर्तालाई पन्ध्र प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकले २६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंकको स्वकृति पश्चात  यी दुवै बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।

हाम्रो विकास बैंक (HAMRO) को बुधबार बसेको बैंक सञ्चालक समितिको बैंठकले गतबर्षको मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले पन्ध्र प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंकको स्वकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।

त्यस्तै एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड (EDBL) ले छब्बिस प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.३६८४ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंकको स्वकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।