हाम्रो विकास बैंकले १५,एक्सेल डेभलपमेन्टले २६ प्रतिशत बोनस सेयर दिने

Oct 14, 2015 Mero Lagani



हाम्रो विकास बैंकले आफ्ना लगानीकर्तालाई पन्ध्र प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकले २६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंकको स्वकृति पश्चात  यी दुवै बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।

हाम्रो विकास बैंक (HAMRO) को बुधबार बसेको बैंक सञ्चालक समितिको बैंठकले गतबर्षको मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले पन्ध्र प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंकको स्वकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।

त्यस्तै एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड (EDBL) ले छब्बिस प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.३६८४ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंकको स्वकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।