जलविद्युत लगानी तथा विकास कम्पनीले २० अर्बको रेमिट हाइड्रो ल्याउने

Nov 01, 2015 Mero Lagani

सर्वसाधारणका लागि अहिले २ अर्ब रुपैंयाको साधारण शेयर निष्काशन गरेको सरकारी कम्पनी जलविद्युत लगानी तथा विकास कम्पनीले २० अर्ब रुपैंयाको रेमिट हाइड्रो सञ्चालनमा ल्याएको छ । विदेशमा बस्ने नेपालीको लगानी आकर्षित गर्न स्थापित कम्पनीले १ सय २५ मेगावट क्षमताको वलविद्युत आयोजना निर्माणका लागि सरकारसंग आकर्षक जलविद्युत आयोजना दिन माग गरेको छ ।

स्वदेशी वित्तीय स्रोतका साथै विदेशमा बस्ने नेपालीले पठाउने रेमिट्यान्सको रकम जलविद्युत आयोजनामा लगानी गर्न एचआइडीसीएलले रेमिट हाइड्रो नामको आफ्नै सहायक कम्पनी स्थापना गरिसकेको छ । ६ महिना अघि स्थापीत कम्पनीले २० अर्ब रुपैंयामा १ सय २५ मेगावाट क्षमताको आकर्षक जलविद्युत आयोजनाको निर्माण गर्ने एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारले बताए ।

मेरो लगानीसंग कुरा गर्दै प्रमुख कार्यकारी रौनियारले भने ‘अहिले मुलुकमा वार्षिक ६ सय देखि ७ सय अर्ब रुपैंया रेमिट्यान्सबाट भित्रिरहेको अवस्था छ । यसका साथै विगतका आइपीओलाई हेर्ने हो भने चार पाँच दिनमा बीसौं अर्ब रुपैंया संकलन भएको अवस्था छ । यो अवस्थालाई हेरेर हामीले सहायक कम्पनी मार्फत काम अघि बढाएका हौं । यसले विदेशमा बस्ने नेपालीहरुका लागि आकर्षक अवकाशन योजना पनि दिने छ ।’

कम्पनीले रेमिट हाइड्रोका लागि आवश्यक २० अर्ब रुपैंयाका लागि विदेशमा रहेका नेपालीहरुलाई २४ प्रतिशत, सर्वसाधारणका लागि १५ प्रतिशत र स्थानीयका लागि १० प्रतिशत शेयर स्वामित्व बितरण गर्ने छ । बाँकी ५१ प्रतिशत स्वामित्व कम्पनीको हुनेछ ।

Dipalकम्पनीले आकर्षक जलविद्युत आयोजनाका लागि सरकारसंग माग गरिसकेको रौनियारले बताए । ‘प्रारम्भिक अध्ययन गरेर आकर्षक किसिमको १ सय २५ मेगावाट क्षमताको योजनाका लागि सरकारलाई औपचारिक रुपमा आवेदन दिएको ३ महिना भैसकेको छ । र सम्भवतः हामीले चाँडै नै यसको लाइसेन्स पाउने अवस्था छ र यो कुरा मात्र नभएर ठोस रुपमा नै अघि बढिरहेको छ । लगानीकर्ताले छिट्टै फेरी लगानी गर्न पाउने अवस्था बन्दैछ भने आयोजना पनि छिटो सम्पन्न गरेर उर्जा अभावलाई केही हदसम्म घटाउन कम्पनीले योगदान दिने छ’ रौनियारले भने ।

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।