सानिमाको शेयरमा किन गर्ने लगानी ? ( कम्पनी विश्लेष्ण )

Nov 02, 2015 Mero Lagani



सन २००४ मा गैर आवासिय नेपालीहरुको संलग्नतामा राष्ट्रिय स्तरको विकास बैंकको रुपमा खोलिएको बैंक हो सानिमा बैंक ।छोटो समयमा नै वाणिज्य बैंकमा स्तोरन्नत्ती भएको सानिमा (SANIMA) बाणिज्य बैंक मध्येमा सबैभन्दा कम निस्क्रिय कर्जा रहेको बैंक हो । सन २०१५ को क्यामेल रेट्रिङमा बैंकले पहिलो क्लासमा रहेका क वर्गका १२ वाणिज्य बैंकमा पाँचौ स्थान प्राप्त गरेको छ ।  

फाईनान्स कम्पनीबाट सुरु भएको सानिमा आफै बाणिज्य बैंकमा रुपान्तरित भएर चुक्ता पूँजी आठ अर्ब पुर्याउने दिशामा अगाडि बढेको छ ।शेयरबजारमा यो बैंक लगानीकर्ताको रोजाईमा पर्ने गरेको छ । अहिलेको अवस्थामा सानिमा बैंकमा लगानी गर्दा के होला ? ( कम्पनी विश्लेष्ण )

 

गतआर्थिक बर्षको वित्तीय अवस्था

गत आर्थिक बर्षको अन्तिम त्रैमासमा सानिमा बैंकले ६२ करोड ४१ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । जून अघिल्लो आर्थिक बर्षको तुलनामा ४५.९७ प्रतिशत बढि हो ।

तीन अर्ब ६ करोड चुक्तापूँजी भएको बैंकले गत आर्थिक बर्षसम्ममा ३४ अर्ब निक्षेप संकलन गरि २८ अर्ब रुपैयाँ बराबरको रकम कर्जा प्रवाह तथा लगानि गरेको छ । बैंकले चालु आर्थिक वर्षमा ५१ करोड रुपैंयाको बोनस शेयर बितरण गरेर चुक्ता पूँजी ३ अर्ब ६ करोड रुपैंया पुर्याएकोे हो ।

अघिल्लो बर्षको भन्दा यसअवधिमा बैंकको निक्षेप ३६.८७ र कर्जा तथा लगानि ३८.७४ प्रतिशतले बढेको छ । बैकको जगेडाकोषमा ३७ करोड रुपैयाँ रहेको छ । बैंकको पूँजीमा भएको वृद्धि, निक्षेप, कर्जा तथा नाफामा भएको वृद्धिले कम्पनीको अवस्था सृद्धिढ र मजबुद भएको देखाउँदछ ।

एक बर्षको अवधिमा बैंकको चुक्तापूँजी समेत २० प्रतिशतले बढेर ३ अर्ब ६ करोड रुपैया पुगेको छ ।

अघिल्लो बर्ष बैंकको चुक्तापूँजी २ अर्ब ५५ करोड रहेको थियो । राष्ट्र बैंकको नीति बमोजिम आगामी दुई बर्ष्भित्र बैंकले आठ अर्ब चुक्तापूँजी पुर्यायनु पर्नेछ छ । 

बैंकले ५० प्रतिशत अर्थात १ अर्ब ५३ करोड रुपैंया बराबरको हकप्रद शेयर जारी गरि यस वर्ष चुक्ता पूँजी ४ अर्ब ५९ करोड रुपैंया पुर्याउने ,आगामी आर्थिक वर्षमा फेरी ५५ करोड रुपैंयाको बोनस शेयर र त्यस पछि ४० प्रतिशत हकप्रद जारी गर्ने र आर्थिक वर्ष २०७४/७५ मा ८२ करोड रुपैंया बराबरको बोनस शेयर बितरण गरि आफ्नो चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैंया पुर्याउने योजना बनाएको छ ।

 

बैंकको खराब कर्जा अनुपात ०.०७ प्रतिशत मात्र रहेको छ । यो समग्र वाणिज्य बैंकहरुमा सबैभन्दा कम हो । जसले बैंकको कर्जा व्यवस्थापनपक्ष अत्यन्तै चुस्त भएको देखाउँदछ ।

अर्कातर्फ बैंकको नाफामा भएको वृद्धिले प्रतिशेयर नेटवर्थ समेत बढाएको छ । बैंकको प्रतिशेयर आम्दानी भने २४.४७ रुपैयाँ रहेको छ । जून अघिल्लो आर्थिक बर्षको भन्दा झण्डै २७ प्रतिशत बढि हो ।

अर्का तर्फ यसै अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ पनि १२२ रुपैयाँ ७७ पैसाबाट बढेर १३४ रुपैयाँ ५२ पैसा पुगेको छ । साथै रिटन अन ईक्विटी २० प्रतिशतले बढर १८.१९ प्रतिशत पुगेको छ । यी ईण्डिकेटरले बैंकको वित्तीय अवस्था विगतको भन्दा अझ मजबुद बन्दै गएको देखिन्छ ।

 

तर बैंकको कर्जा निक्षेप अनुपात अघिल्लोबर्षको भन्दा बढ्दै गएको छ । गतबर्ष यो अनुपात ८३ प्रतिशत रहेको छ । यो बढ्दै जाने हो भने आगामी दिनमा यसले बैंकलाई समस्यामा पार्नै सम्भावना देखिन्छ । जसका कारण बैंकलाई निक्षेप बढाउनुपर्ने दबाब देखिन्छ ।

 

कर्जा निक्षेप अनुपात बाहेक सानिमा बैंकले राष्ट्र बैंकले तोकेका सबै मापदण्डहरु पुरा गरेको देखिन्छ । समग्रमा अन्य यहि स्तरका बैंकको तुलनामा बैंकको वित्तीय अवस्था निक्कै सृद्धिढ देखिन्छ ।

राष्ट्र बैंकले निर्धारण गरेका मापदण्ड तथा सुचक समेत सन्तुलनमा राखेकाले नेपाल स्टक एक्सचेनजमा लगानीकर्ताको आर्कषणका रुपमा समेत यो बैक रहेको छ । मुल्य आम्दानी अनुपात २२.६८ गुणा बढि रहेकाले नेप्सेमा सानिमाको शेयरमा आर्कषण देखिन्छ ।

हाल यस बैंकको शेयर प्रतिकित्ता ६ सय ३० रुपैयाँको हाराहारीमा कारोबार भएको छ । स्थापनाकालदेखि नै संस्थागत सुशासनका सन्दर्भमा पनि यो बैंक सबल रहदै आएको छ ।

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

सम्बन्धित समाचारहरु

२० प्रतिशत बोनश र बोनशपछि ५० प्रतिशत हकप्रद जारी गर्ने सानिमाको प्रस्ताव पारित

बोनस र हकप्रदबाटै ८ अर्ब चुक्ता पूँजी पुर्याउने यस्तो छ सानिमा बैंकको योजना (आधिकारिक बिबरण सहित)

सानिमा बैंकले पनि दिने भयो २० प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद

लाभांश घोषणा गर्ने सानिमा बन्यो दोस्रो वाणिज्य बैंक,२० प्रतिशत बोनस

सानिमा बैंकको ७ लाख कित्ता बराबरको ऋणपत्र निष्काशन, वार्षिक ७ प्रतिशत प्रतिफल

सावधान ! नेपालमा ईन्टरनेट बैंकिङ ह्याकरहरु सक्रिय छन्




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।