भुकम्पले झस्काएपछि निर्जिबन बीमा कम्पनीहरुलाई झन् फाईदा, शिखर र लुम्बिनी जनरलको नाफा बढ्यो

Nov 17, 2015 Mero Lagani

गत बैसाखमा आएको बिनासकारी भुकम्पले नेपालका कतिपय बिमा कम्पनीहरुलाई उठ्नै नसक्ने गरी थला बसाउने अनुमान गरिएको थियो तर परिणाम उल्टो देखिएको छ । भुकम्पले धक्का दिए पछि नेपालीहरुमा बिस्तार भएको चेतनाले निर्जिबन बिमा कम्पनीहरुको कारोबार रकम मात्रै बढाएको छैन, नाफा पनि बढाई दिएको देखिएको छ ।

मंगलबार बित्तीय बिबरण सार्वजनिक गरेको शिखर इन्स्योरेन्स (SICL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ९९ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा शिखर इन्स्योरेन्स कम्पनीको खुद नाफा ४५ दशमलव ४२ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ४ करोड ९ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

३५ करोड ७६ लाख रुपैंया रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको आम्दानी ४३ दशमलब ९८ प्रतिशतले बढेर ७ करोड ३ लाख रुपैयाँ पुगेको छ । भुकम्प पछिका दिनमा बढेको बीमाका कृयाकलापले कम्पनीको आम्दानीमा वृद्धि भएका कारण खुद नाफामा पनि फराकिलो मात्राको सुधार देखिएको हो । उक्त अवधिमा कम्पनीले व्यवस्थापन तथा खर्च शिर्षकमा २ करोड ८० लाख रुपैयाँ खर्च गरेको छ । यो गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ४१ दशमलब ८४ प्रतिशतले बढी हो ।

बीमा शुल्क ४८ दशमलब ९० प्रतिशतले बढेर १७ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले गत आर्थिक वर्ष पहिलो त्रैमासमा ११ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

भुकम्पका कारण विगत वर्षको तुलनामा यस पटक कम्पनीले ४० प्रतिशत भन्दा बढी बीमा दाबी भुक्तानी गरेको छ । जस अनुसार पहिलो त्रैमासमा कम्पनीले ६ करोड ४७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ४ करोड १ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको थियो ।
कम्पनीका अन्य सुचकांकहरु प्रति शेयर आम्दानी ४७ रुपैंया ३५ पैसा, प्रति शेयर नेटवर्थ २ सय ३९ रुपैयाँ, मल्य आम्दानी अनुपात १८ दशमलब ६७ प्रतिशत रहेका छन् ।

उता लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ८ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीले १ करोड १४ लाख रुपैंया बढी खुद नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ९४ लाख रुपैंया मात्र थियो ।

कम्पनीको बीमा शुल्क भने गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यस पटक घटेर १० करोड ९० लाख रुपैंयामा सिमित भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड १९ लाख रुपैंया बीमा शुल्क आर्जन गरेको थियो ।

२९ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको आम्दानी २ गुणाले बढेर ३ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने व्यवस्थापन तथा खर्च शिर्षकमा ९६ दशमलब ५६ प्रतिशत वृद्धि भइ १ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।
५ करोड ९९ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५९ लाख रुपैयाँको दाबी भुक्तानी गरेको थियो ।

प्रति शेयर आम्दानी २८ रुपैंया ५७ रुपैयाँ, प्रति शेयर नेटवर्थ १ सय ६२ रुपैंया ९५ पैसा रहेको कम्पनीको मल्य आम्दानी अनुपात १३ दशमलब २३ प्रतिशत रहेको छ ।

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।