बोटलर्स नेपाल तराइले शेयरधनीलाई २५ प्रतिशत नगद लाभांस दिने, साधारण सभा पुस २८ गते

Dec 16, 2015 Mero Lagani

बोटलर्स नेपाल(तराई) (BNT) ले शेयरधनीहरुलाई २५ प्रतिसत नगद लाभांस दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैंठकले शेयरधनीलाई नगद लाभांस मात्र दिने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांस आगामी साधारण सभा मार्फत पारित गरेर निर्णय गर्ने नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित सुचनामा उल्लेख छ ।

गत आर्थिक वर्षको भन्दा ३ प्रतिशत बढी लाभांस प्रस्ताव गरेको कम्पनीले यहि पुस २८ गतेका लागि २९ औं साधारण सभा आह्वान गरेको छ । साधारण सभा मार्फत लाभांस प्रस्ताव पारित गरी शेयरधनीलाई बितरण गरिने छ । नेप्सेमा प्रकाशित सुचना अनुसार यहि प्रायोजनका लागि कम्पनीको शेयरधनी पुस्तिका पुस १३ गतेदेखि २८ गतेसम्मका लागि बन्द हुनेछ ।

गत आर्थिक वर्षमा २२ प्रतिशत नगद लाभांस बितरण गरेको कम्पनीले आर्थिक वर्ष २०६८ ६९ मा ८५ प्रतिशत लगद लाभांस बितरण गरेको थियो ।

नेपाल स्टक एस्चेञ्जमा १२ लाख १० हजार कित्ता शेयर सुचिकृत भएको कम्पनीको प्रतिकित्ता शेयर गत बुधबार अन्तिम पटक २ हजार ४ सय १ रुपैंयामा किनबेच भएको छ ।

 .................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus