काठमाण्डौ फाइनान्सको लाभांश पारित, गोर्खा डेभलपमेन्ट र्बैंकसंग गाभिने

Dec 16, 2015 Mero Lagani

काठमाडौ फाइनान्सले (KFL)  गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई वितरणका लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागी ०.३६८ प्रतिशत नगद लाभांश पारित गरेको छ । कम्पनीको २१ औं वार्षिक साधारण सभाले गोर्खा डेभलपमेन्ट बैंक (नेपाल) लि. लाई काठमाण्डौ फाइनान्समा मर्ज गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

 

फाइनान्सले अघिल्लो वर्षको तुलनामा निक्षेप तथा कर्जा दुबै तर्फ २ गुणा भन्दा बढिको बृद्धि भएको जनाएको छ । कम्पनीले गतआर्थिक बर्षमा निक्षेप रु.१ अरब २४ करोड र कर्जा रु.१ अरब २ करोड पु(याएको जनाएको छ । साथै निस्कृय कर्जाको अनुपातलाई ०.७६ प्रतिशतमा झारेको छ ।

फाइनान्सको हालको चुक्ता पूंजी रु.१८ करोड ३८ लाख रहेको र पूंजी बृद्घिका लागी फाइनान्सले १ कित्ता बराबर १ कित्ताको दरले हकप्रद शेयर जारी गरी गोर्खा डेभलपमेन्ट बैंक संग मर्ज गर्ने प्रक्रिया अगाडी बढाएको छ ।

काठमाण्डौ डिल्लिबजारमा केन्द्रीय कार्यालय रहेको यस फाइनान्सले निकट भविष्यमा काठमाण्डौ लगायत काठमाण्डौ उपत्यका बाहिर गरी ३ वटा शाखा विस्तारको तयारीमा रहेको छ । फाइनान्सले आफ्ना ग्राहकहरु सुविधालाई ध्यानमा राखि एटिएम तथा मोबाइल बैंकिङ्ग सेवा सुरु गरेको छ र निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग सेवा दिने जानकारी पनि विज्ञप्तिमा जनाइएको छ ।

.................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus