२८ प्रतिशत लाभांश बाड्ने एसबिआई बैंकको प्रस्ताव, २ अर्ब ६० करोड बराबरको हकप्रद निष्काशन गर्ने

Dec 17, 2015 Mero Lagani

नेपाल एसबिआई बैंक लि. (SBI)  ले आफ्ना शेयरधनीलाई करिब साढे २८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । विहिबार बसेको बैंक संचालक समितिको ३८६औँ बैठकले २७ प्रतिशत वोनश शेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।

बैंकले गत आर्थिक बर्ष र विगत वर्षहरुमा आर्जित मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक बर्षमा एक अर्ब ६ करोड रुपैयाा खुद मुनाफा कमाएको थियो ।

बैकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैकको आगामी साधारणसभाबाट पारित भएपति शेयरधनीलाई वितरण गरिनेछ ।

साथै संचालक समितिको उक्त बैठकले अधिकतम २ अर्ब ६० करोड रुपैयाँ सम्म हकप्रद शेयर निष्काशन गर्ने  निर्णय समेत गरेको छ ।  बैंकको हाल चुक्ता पूँजी ३ अर्ब ५ करोड ८० लाख रुपैंया रहेको  छ ।

बैठकले अन्तिम लेखापरीक्षणबाट कायम हुन आउने प्रति शेयर नेटवर्थको सीमा भित्र रही हकप्रद सेयरको प्रिमियम निर्धारण गर्नका लागि संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्न आगामी साधारण सभामा विशेष प्रस्ताव पेस गर्ने भएको छ ।

हकप्रद शेयर निष्काशन गर्दाका बखत विद्यमान रणनीतिक पक्षहरु एवं उपलब्ध व्यवशायिक अवसर समेतलाई दृष्टिगत गरी हकप्रद शेयरको रुपमा निष्काशन हुने शेयरको खास अनुपात, जारी हुने रकम र निष्काशनको चरण किटान गर्न संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्न आगामी साधारण सभामा विशेष प्रस्ताव पेश गर्ने समेत निर्णय गरेको छ ।

बैकले हालको चुक्ता पूँजीको ८५ प्रतिशत हकप्रद निष्काशन  गर्ने तयारी गरेको छ । हकप्रद जारी पछि बैंकको चुक्ता पूँजी साढे पाँच अर्ब नाघ्ने देखिन्छ । औपचारीक रुपमा पूँजी वृद्धिको योजना सार्वजनिक नगरेको बैंकको यो निर्णयले हकप्रद र बोनस बाटै आगामी २ बर्षमा आठ अर्ब चुक्ता पूँजी पुयाउने देखिन्छ । 

नेपाल एसबिआई बैंक लिमिटेड नेपाल र भारतको संयुक्त लगानीमा भारतीय स्टेट बैंक तथा कर्मचारी संचय कोषको प्रवद्र्धनमा स्थापित बैंक हो । बैंकले हाल ६६ वटा व्यवशायिक इकाई (३ वटा क्षेत्रीय कार्यालय सहित) र ६७७ जना कर्मचारी मार्फत सेवा प्रदान गर्दै आएको छ । हाल देशका विभिन्न स्थानमा बैंकका ७८ वटा एटिएम रहेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

एक अर्ब बढि नाफा कमाउने बैंकको सूचीमा एसबिआई पनि थपियो

नेपाल एसबीआई र प्राईम कमर्शियल बैंकले कसरी बढाए यति धेरै नाफा ?

नेपाल एसबीआई बैंकको १५ प्रतिशत बोनससहित २२ प्रतिशत लाभांश

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।