नाकाबन्दीको प्रभाव न्यून रहेको वीमाले उचाल्यो बजार, नेपाल बैंकको १० करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार

Dec 31, 2015 Mero Lagani



यस साताको अन्तिम दिन नेप्से नौ अंक बढिले बढ्दा कारोबार रकम समेत ५५ करोड नाघेको छ । नाकाबन्दीको प्रभाव न्यून देखिएको वीमा क्षेत्रमा पूँजीवृद्धिको चर्चाले शेयरबजार उचालीएको छ । यसदिनको कारोबारमा सबैभन्दा धेरै कमाउने दशकम्पनीमध्ये सात वीमा कम्पनी रेहका छन् । विहिबारको कारोबारमा नेपाल बैंक लिमिटेडको ३ लाख ५५ हजार कित्ताशेयर १० करोड ६२ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ ।

 

विहिबार नेप्सेमा हरियाली छाउँदा बजार ९.२१ अंकले बढेर ११५१.३८ विन्दुमा पुगेको छ । यसदिन वीमा समूहको परिसुचक सवैभन्दा बढी १२८.८७ अंकले उकालो लागेको छ भने यसदिन वीमा कम्पनीहरुको मात्र २० करोड बढिको शेयर खरिदबिक्री भएको छ । 

नाकाबन्दीको असर न्यून देखिएको वीमा कम्पनीहरुको पूँजीवृद्धिको चर्चाले पनि बजार उकालो लागेको हो । यसदिन सबैभन्दा धेरै कमाउने दश कम्पनीमध्ये सात वटा वीमा कम्पनी नै देखिएका छन् ।  विहिबारको कारोबारमा नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयरमूल्य दश प्रतिशतले बढेको छ । त्यसैगरि नेको इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य पनि नौ प्रतिशतले बढेको छ ।

 

विहिबारको कारोबारमा नेपाल बैंक लिमिटेडको ३ लाख ५५ हजार कित्ताशेयर १० करोड ६२ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । जबकी वाणिज्य बैंक समूहको समग्रमा २२ करोड ५३ लाख रुपैयाँ बराबरोको कारोबार भएको थियो।

खेतान समूहले नेपाल बैंकको तीन लाख ५५ हजार एकसय ११ कित्ता सेयर एकैपट बेचेपछि यो बैंकको कारोबार बढेको हो । 

त्यसैगरि नेशनल लाइफ इन्स्योरेन्सले ४ करोड बढिको कारोबार गर्दा एनआईशि एशियाले तीन करोड तथा प्राइम लाइफ इन्स्योरेन्सले २ करोड बढिको कारोबार गरेका छन् ।

बीमा क्षेत्रले उकासेको विहिबारको बजारमा होटल समुहको ३०.६८, विकास बैंक १६.८६, जलविद्युत समुहको परिसुचक ७.५४ अंक, वाणिज्य बैंक ४.५८ र वीत्त समूहको १.५ अंकले उकालो लागेको छ । विहीबार कारोवारमा आएका १ सय २७ कम्पनीको ११ लाख ३९ हजार कित्ता सेयरबाट ५५ करोड ७३ लाखको कारोवार भएको छ ।

 

यसदिन नेपाल बैंक लिमिटेडको सबैभन्दा बढि कारोबार हुदा नेपाल इन्स्योरेन्स र प्रभु इन्सयोरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन भने राप्तिभेरी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ । 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।