जीवन बीमाका क्षेत्रमा कुन होला सबैभन्दा राम्रो कम्पनी ? शेयरबजारका लगानीकर्ताले जान्नैपर्ने केही तथ्यहरु

Jan 07, 2016 Mero Lagani



पछिल्लो समय शेयर बजारमा बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेको छ । जसरी वाणिज्य बैंकको चुक्ता पूँजी ८ अर्ब पुर्याउने उद्घोष हुँदा लगानीकर्ता त्यतै तिर हानिएका थिए, अहिले बीमा कम्पनीको पूँजी बढाउने विषयमा भएका छलफलले नै बजारमा लगानीकर्ता उत्साहित भएका हुन् । जसका कारण पछिल्लो समय बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण बढेर गएको छ ।

लगानी गर्ने क्रममा कुन कम्पनी कस्तो भनेर बुझ्ने परिपाटीको अभावमा लगानीकर्ताको लगानी डुबेका उदाहरण प्रशस्तै छन् । जीवन बीमा कम्पनीहरुको संख्या ९ भए पनि अहिले नेप्सेमा सुचिकृत भएर ८ वटा कम्पनीहरुको मात्र शेयर किनबेच भैरहेको छ । यस क्रममा चुक्ता पूँजीका आधारमा नेपाल लाइफ इन्स्योरेन्स १ अर्ब ७३ करोड रुपैंयाका साथमा पहिलो स्थानमा छ भने राष्ट्रिय बीमा संस्थान १२ करोड रुपैंयाका साथ आठौं स्थानमा छ । त्यसै गरि जीवन बीमा कम्पनीले दिने प्रतिफल, कम्पनीको जगेडा तथा बीमा कोषहरुको अवस्थाले पनि लगानीकर्तालाई लगानी कता गर्ने भन्ने प्रष्ट बनाउँछ ।

हामीले यहाँ नेप्सेमा सुचिकृत ८ वटा बीमा कम्पनीहरुको वित्तीय अवस्थालाई चित्रण गर्ने जमर्को गरेका छौं ।

 

कस्तो छ चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीको वित्तीय अवस्था ?

 एलआईसी नेपालले हालै २५ प्रतिशत बोनस दिने घोषणा गरेपछि चुक्तापूँजी एक अर्ब ६ करोड नाघ्ने भएको छ । 

जीवन बीमा कम्पनीहरुको प्रथम त्रैमासको बीमांकीय मुल्यांकन नभई अपरिस्कृत बित्तीय बिबरणको आधारमा मात्र प्रति शेयर आम्दानी र समग्र अबस्था झल्कन सक्दैन । भारतका बिज्ञ लेखा परीक्षकहरु अर्थात यचुरीहरुबाट मुल्याड.कन भएपछि मात्र यसको वास्तबिक अबस्था पत्ता लाग्नसक्छ । बीमा कम्पनीहरुको बिमांकीय मुल्यांकन र लेखापरीक्षण भएपछि मात्र कुन कम्पनीको अबस्था कस्तो रहेछ भन्ने कुरा यकिन गर्न सकिन्छ । बित्तीय बिबरण राम्रो देखाए पनि संस्थागत सुशासनको अभावमा कतिपय बिमा कम्पनीहरु बिमा समिति र निमायक निकायहरुको कारबाहीमा परिरहेका पनि हुनसक्छन् । जस्तो अहिले प्राईम लाईफले बिमा समितिबाट दिईएको सुधारात्मक निर्देशनहरुको आधारमा डीडीएको क्रममा देखिएको कैफियतहरु सुधार गरिरहेको छ । यही कारणले कम्पनीले लाभांश र साधारणसभा आब्हान गर्न सकेको छैन ।

प्राईम लाईफका कम्पनी सचिव राजनप्रसाद अधिकारीले बिमा समितिले औल्याएका कुराहरु प्रायः सबै सुधार भई बिमा समितिमा कम्पनीका तर्फबाट प्रतिबेदन पेश भईसकेकोले अब आफुहरु निर्णयको पखाईमा रहेको जानकारी दिनुभयो । उहाँले कम्पनीले तीन बर्षका बित्तीय बिबरणहरुको लेखापरक्षण गरिसकेको र बिमा समितिबाट निर्देशन प्राप्त लगत्तै आउँदा चैत्रसम्ममा साधारणसभा गर्ने तयारीमा लागेको जानकारी दिनुभयो ।

सरकारले नयाँ बीमा ऐनमा बिमा कम्पनीहरुको चुक्ता पूँजी बढाउने गरी बिधेयकको मस्यौदालाई अन्तिम रुप दिन लागिरहेको बेला बिमा कम्पनीहरुतर्फ लगानीकर्ताहरु आकर्षित हुनु स्वभाविक छ । अहिले ५० करोड न्युनतम चुक्ता पूँजी रहेका जीवन बिमाले दुई बर्षमा कम्तिमा ३ अर्ब र अहिले २५ करोड चुक्ता पूँजी रहेका कम्पनीले डेढ अर्ब न्युनतम चुक्ता पूँजी कायम गर्नुपर्ने अबस्था आयो भने संस्थापकहरुले त्यत्रो पूँजी  थप्न सक्लान् त ? निकै बिचारणीय पक्ष छ । यस्तो अबस्थामा सक्ने कायम रहन्छन् नसक्ने मर्जमा जानुको विकल्पै हुन्न । 

 गएको बैसाख यताको भुकम्पको प्रभावले बिमा कम्पनीहरुको जोखिम बहन गर्ने क्षमता बढाउन चुक्ता पूँजी र जगेडा कोष बढाउनु अनिवार्य भएको महसुस गरिएको छ । बिमा क्षेत्रमा नयाँ कम्पनीहरु आउन चाहे पनि न्युनतम चुक्ता पूँजी कति हुनुपर्छ भन्ने कुरा यकिन नहुँदा बिमा समितिबाट स्वीकृति पाउन सकेका छैनन् । 

 

बीमा कम्पनीको संख्या कम, शेयर संख्या थोरै र शेयर किन्ने लगानीकर्ताको माग धेरै हुँदा बिमा कम्पनीका शेयर मूल्य आकासिएको हो तर कम्पनीको अबस्था यकिन नगरी लगानी गर्नु जोखिमपूर्ण हुने देखिन्छ । 

गत बैसाखको भुकम्पले नेपालीहरुमा बिमाप्रतिको चेतना बिस्तार गरेकाले बिमा कम्पनीहरुको कारोबार बृद्धि भएको छ र आगामी दिनहरु बिमाका लागि ब्यापक अबसरको रुपमा रहेकाले दीर्घकालीन लगानीको हिसावले बिमा उपयुक्त हो भन्दा अत्युक्ति नहोला । 

 

 .....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।