गत आर्थिक वर्षमा यी १० कम्पनीका शेयर मुल्य किन धेरै उचालिए ?

Jan 01, 2016 Merolagani

शेयर बजारमा जानेर, बुझेर लगानी गर्ने हो भने त्यसले निश्चित रुपमा लगानीकर्तालाई प्रतिफल दिन्छ । तर हल्लाका भरमा मात्र लगानी गर्दा कुनै समय फाईदा भए पनि कतिखेर उठ्नै नसक्ने गरी फसिन्छ भनेर भन्नै सकिन्न । गत आर्थिक वर्षमा केही कम्पनीहरुको शेयर मुल्य ३ गुणाभन्दा बढीले बढ्दा केही लगानीकर्ताले कमाए पनि जोखिमुक्त भने रहन सकेन ।

गत आर्थिक वर्षमा केही लगानीकर्ताले आफुले लगानी गरेको रकमलाई चार गुणासम्मले बढाएका छन् । औसतमा गत आर्थिक वर्ष नेप्सेमा कारोबार भएका १ सय २४ कम्पनीहरु मध्ये १० वटा कम्पनीका लगानीकर्ताहरुको शेयर मुल्य ७४ प्रतिशतदेखि २ सय ८६ प्रतिशतसम्म बढेको देखिन्छ । लगानीकर्ताले शेयरको मुल्यमा पाएको यो बढोत्तरी झण्डै ४ गुणाले बढी हो । यो तथ्यांक बोनस शेयर तथा नगद लाभांसलाई नजोडि दोस्रो बजारमा कारोबार गर्दा मात्र बढेको शेयर मुल्य हो । बोनस तथा लाभांसलाई पनि जोड्दा ती कम्पनीका लगानीकर्ताले ती कम्पनीको शेयर कारोबारबाट राम्रो प्रतिफल पाएको देखिन्छ ।

केही कम्पनीले पूँजी बढाउन हकप्रद दिन्छु भन्दैमा शेयर मुल्य आकाश छुने गरी उचालिएको छ भने केहीले गत बर्षहरुको कमाई र जगेडा कोषबाट आकर्षक बोनस शेयर दिने घोषणा गर्दा मूल्य छोई नसक्नु भएको छ तर कम्पनीको आधारभुत अबस्था विश्लेषण गर्ने हो भने यी दुबै आधारमा शेयर मूल्य आकाशिनु युक्तिसंगत देखिएको छैन । 

त्यस क्रममा गत आर्थिक वर्षमा कारोबार भएका १ सय २४ कम्पनीहरु मध्ये सबै भन्दा धेरै मात्रामा शेयर मुल्यमा बढोत्तरी भएको सहारा विकास बैंक (SHBL) हो । अघिल्लो आर्थिक वर्षको अन्त्यमा साधारण शेयर निष्काशन गरेको बैंकको नेप्सेमा सुचिकृत भएर कारोबार सुरु भएको पहिलो दिनको अन्तिम कारोबार नै ३ सय रुपैंयामा उक्लिएको थियो ।

सर्लाहीको मलंगवामा मुख्य कार्यालय रहेको बैंकको गत आर्थिक वर्षको औसत शेयर कारोबार मुल्य १ हजार १ सय ६० रुपैयाँ कायम भएको थियो । उक्त अवधिमा अधिकतम १ हजार ३ सय १२ तथा न्युनतम १ हजार १ सय १४ रुपैंयामा शेयर किनबेच भएको बैंकको वर्ष भरिमा २९ दिनमा १ सय १९ कारोबारबाट ८ हजार ७ सय १९ कित्ता शेयरहरु किनबेच भएका थिए ।

यस क्रममा भएको मूल्य परिवर्तनबाट मात्रै बैङ्कका लगानीकर्ताको शेयर मुल्य २ सय ८६ प्रतिशत अर्थात ३ दशमलव ८६ गुणासम्म वृद्धि भएको हो । उक्त अवधिमा १८ प्रतिशत बोनस शेयर बितरण गरेको बैंकले पुस १६ गते बिहीबारको विशेष साधारण सभाबाट प्रति १ कित्ता १.५ शेयर अर्थात १५० प्रतिशत हकप्रद शेयर पनि दिने निर्णय पारित गरेको छ । अहिले बैंकको प्रतिकित्ता शेयर १ हजार ५ रुपैंयामा किनबेच भैरहेको छ । नेप्सेमा कम्पनीका २ लाख ३६ हजार कित्ता शेयर सुचिकृत छन् ।

सहारा विकास बैंक पछि लघुवित्त क्षेत्रका तीनवटा कम्पनीहरुको गत आर्थिक वर्षमा शेयर मुल्यमा उच्च वृद्धि भएको छ । । गत आर्थिक वर्षको तथ्यांक अनुसार लक्ष्मी लघुवित्त वित्तीय संस्था (LLBS)को शेयरको मुल्य बढ्ने क्रममा दोस्रो नम्बरमा परेको छ । काठमाण्डौंको महाराजगञ्जमा मुख्य कार्यालय रहेको बैंकको गत आर्थिक वर्षमा नै नेप्सेमा सुचिकृत भए पछिको पहिलो दिनको अन्तिम कारोबार ३ सय ७ रुपैंयामा भएको थियो । आर्थिक वर्षको अन्त्यमा त्यो मुल्य बढेर ९ सय २९ रुपैयाँ कायम भएको थियो ।

यो तथ्यांकका आधारमा लघुवित्तका शेयरधनीको लगानी २ सय २ प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा बोनस तथा लाभांस नदिएको कम्पनीको गत आर्थिक वर्षको खुद नाफाबाट १० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्तावलाई पुस २७ गते हुने साधारण सभा मार्फत पारित गर्दैछ । अहिले प्रतिकित्ता शेयर १ हजार ६ सय ६० रुपैंयामा किनबेच भैरहेको कम्पनीको नेप्सेमा १ लाख कित्ता शेयर सुचिकृत छन् ।

त्यसै गरि नागबेली लघुवित्त विकास बैंक (NBBL)को शेयर मुल्यमा गत आर्थिक वर्षमा १ सय ९६ प्रतिशतको वृद्धि भएको छ । झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको बैंकको प्रतिकित्ता शेयर गत आर्थिक वर्षमा १ हजार ५ सय रुपैंयादेखि २ हजार रुपैंयासम्ममा किनबेच भएको थियो । ८८ रुपैंया १९ पैसा प्रतिशेयर आम्दानी रहेको बैंकले गत मंसिरमा २५ प्रतिशत हकप्रद शेयर निष्काशन गरिसकेको छ । अहिले प्रतिकित्ता शेयर ३ हजार ४ सय ४५ रुपैंयामा किनबेच भैरहेको बैंकको नेप्सेमा १ लाख ४३ हजार कित्ता शेयर सुचिकृत छन् ।

त्यसै गरी गत आर्थिक वर्षमा मिथिला लघुवित्त विकास बैंक(MLBBL)का लगानीकर्ताहरुको शेयर मुल्य १ सय ७८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा न्युनतम ८ सय १५ रुपैंयादेखि १ हजार ७५ रुपैंयामा शेयर किनबेच भएको बैंकले गत आर्थिक वर्षको खुद नाफाबाट लगानीकर्ताहरुलाई २० प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई यही पुस २५ गते शनिबार हुने साधारण सभाले पारित गर्दैछ ।

उक्त साधारण सभा मार्फत बैंकले ५० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पनि पारित गर्दैछ । धनुषाको ढल्केबरमा मुख्य कार्यालय रहेको बैंकको गत आर्थिक वर्षको प्रतिशेयर आम्दानी २७ रुपैंया ७८ पैसा छ । नेप्सेमा २ लाख ८२ हजार ९ सय कित्ता शेयर सुचिकृत भएको कम्पनीको अहिले प्रतिकित्ता शेयर १ हजार २ सय ९७ रुपैंयामा किनबेच भैरहेको छ ।

लघुवित्त कम्पनी पछिका ६ वटा विकास बैंकका शेयरधनीहरुको लगानी गत आर्थिक वर्षमा उच्च दरमा बढेको छ । यस क्रममा गत आर्थिक वर्षमा न्युनतम १ सय ३ रुपैंयादेखि अधिकतम ४ सय ५४ रुपैंयामा झिमरुक विकास बैंक (JHBL)को शेयर किनबेच भएको छ । सर्वसाधारणमा शेयर जारी गरेको २ वर्ष निरन्तर बोनस शेयर दिएको झिमरुक विकास बैङ्कका लगानीकर्ताले मूल्य परिवर्तनबाट मात्रै गतवर्ष १ सय ४५ प्रतिशतको शेयर मुल्य बढोत्तरी महसुस गर्न पाए ।

बैङ्कले पहिलो वर्ष ३ दशमलव ७५ प्रतिशत र दोस्रो वर्ष १६ दशमलव ९ प्रतिशत बोनस शेयर दिएको थियो । प्युठानमा केन्द्रिय कार्यालय रहेको बैंकले गत आर्थिक वर्षको नाफाबाट २२ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरिसकेको छ । नेप्सेमा ४ लाख १५ हजार कित्ता शेयर सुचिकृत भएको कम्पनीको अहिले प्रतिकित्ता शेयर ४ सय ४८ रुपैंयामा किनबेच भैरहेको छ ।

त्यसै गरी विराटलक्ष्मी विकास बैंक(BLDBL)को शेयर गत आर्थिक वर्षमा न्युनतम ३ सय २० रुपैंयादेखि ४ सय ३० रुपैंयामा किनबेच भएको छ । मोरंगको बिराटनगरमा मुख्य कार्यालय रहेको बैंकले लगानीकर्तालाई २५ प्रतिशत बोनस बितरण गर्ने प्रस्तावलाई आगामी माघ ४ गते हुने साधारण सभाले पारित गर्दैछ । नेप्सेमा १७ लाख ३३ हजार कित्ता शेयर सुचिकृत भएको कम्पनीको अहिले प्रतिकित्ता शेयर ३ सय ९ रुपैंयामा किनबेच भैरहेको छ । 

गोरखामा मुख्य कार्यालय रहेको कसमस डेभलपमेण्ट बैंक(CSDBL)को शेयर पनि गत आर्थिक वर्षमा न्युनतम ३ सय २५ रुपैंयादेखि अधिकतम ३ सय ८८ रुपैंयामा किनबेच भएको छ । गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्तावलाई बैंकको साधारण सभाले गत मंसिरमा नै पारित गरिसकेको छ । नेप्सेमा ४ लाख ३७ हजार कित्ता शेयर सुचिकृत भएको बैंकको अहिले प्रतिकित्ता शेयर ३ सय ४५ रुपैंयामा किनबेच भैरहेको छ ।

बाँके दाङ र बर्दियामा सेवा प्रदान गर्दै आएको भार्गव विकास बैंक(BHBL)को पनि गत आर्थिक वर्षमा शेयर मुल्यमा धेरै परिवर्तन आएको थियो । गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको बैंकको नेप्सेमा ९ लाख ४४ हजार कित्ता शेयर सुचिकृत छन् अहिले बैंकको प्रतिकित्ता शेयर ३ सय १५ रुपैंयामा किनबेच भैरहेको छ । त्यस पछि धनकुटामा मुख्य कार्यालय रहेको काबेली विकास बैंक(KEBL)को शेयर मुल्यमा गत आर्थिक वर्षमा धेरै उछाल आएको हो ।

गत आर्थिक वर्षमा ८१ कम्पनीको शेयर मुल्यमा गिरावट आएको देखिन्छ । यसलाई हेर्दा गत आर्थिक वर्षमा १ सय २४ मध्ये ४३ कम्पनीको मात्र शेयर मुल्य बढेको देखिन्छ । कम्पनी सानो हुनुका साथै सुचिकृत शेयरको संख्या पनि थोरै हुनु अनि पूँजी बढाउने क्रममा अधिक मात्रामा बोनस बितरण हुने हल्लाका कारण लगानीकर्ता त्यसै तिर लाग्दा यस्ता कम्पनीको शेयरमा उच्च दरको उछाल आएको हो । अहिले पनि ठुला कम्पनीको तुलनामा साना अनि थोरै कित्ता शेयर भएका कम्पनीमा उछाल आउने क्रमले तिब्रता पाइरहेको छ । यस क्रममा कमाउनेको संगै गुमाउनेको पनि संख्या उत्तिकै हुने भएकाले शेयरमा लगानी गर्दा बजार र कम्पनीको आधारभूत र प्राविधिक पक्षका सम्बन्धमा जानकार हुनुपर्ने देखिन्छ ।

थोरै शेयर बजारमा रहेका कम्पनीहरुको शेयर किन्नेको संख्या बढी हुँदा मूल्य आकाशिने गरेको छ तर सबैभन्दा धेरै जोखिम पनि यस्तै कम्पनीहरुमा रहेको हुन्छ । कम्पनीको अबस्थामा गडबडी उत्पन्न भएमा यस्ता कम्पनीको शेयर कौडीको मूल्यमा पनि किन्ने कोही नहुने र बेचेर बाहिर निस्कन खोज्नेहरुको ताँती लाग्दा विकराल स्थिति आउन पनि सक्छ । जसरी राष्ट्रिय संजाल भएका लघुवित्त बिकास बैंकहरुले जोखिम बहन गर्न र ढुक्कले लगानीकर्तालाई प्रतिफल दिनसक्छन्, त्यसको तुलनामा १० जिल्ला कार्य क्षेत्र भएका र भर्खर खुलेका एक, दुई करोडवाला लुघबित्तहरुले गर्न सक्दैनन् । त्यसैले लगानीकर्ताले शेयर बजारमा लगानी गर्दा पूँजी, जगेडा कोष, प्रगतिको चरणलाई पनि मुख्य ध्यान दिनैपर्छ ।

यहाँ प्रश्न के पनि हो भने अहिले २ करोड चुक्ता पूँजी रहेको बैंकले बोनस र हकप्रद शेयर दिएर ४ करोड बनायो भने उसको आम्दानी दोब्बर भएर प्रति शेयर आम्दानी पनि दोब्बर हुन्छ, पहिलेकै जत्ति कायम रहन्छ कि घटेर पहिलेको भन्दा एक चौथाईमा सिमित हुन्छ भन्ने हो । थोरै शेयर पूँजी भएका शेयर खरिदमा चाप पर्दा मुल्य त उचालिएला तर अबस्था खस्कन नथाल्दासम्मको अबधिमा बेचेर नाफा सुरक्षित नगर्दा दीर्घकालमा नोक्सानी नै ब्यहोर्नुपर्छ । त्यसो त ठूला र राम्रा कम्पनीको शेयर पनि मूल्य उचालिएको अबस्थामा किन्दा दीर्घकालमा घाटा खानु नपर्ने भन्ने हैन । 

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।