तपाईलाई कति कित्ता एफपिओ पर्यो ? हेर्न यहाँ क्लिक गर्नुहोस् । PDF फाइल खुले पछि Ctrl+F थिचेर आफ्नो नाम अथवा सिरियल नम्बर हाल्नुहोस् ।
कम्पनीले ६५० रुपैयाँका दरले निष्काशन गरेको ५ लाख १० हजार ९ सय ८८ कित्ता साधारण शेयरका लागि आवेदन दिएका १७ हजार १५२ आवदेकहरुमध्ये १५ हजार ७१ जना आवदेकले शिखरको एफपिओ पाएका छन् । आवदेन दिएका मध्ये १२ प्रतिशत लगानीकर्ता अर्थात २०८१ जना भने खाली हात भएका छन् ।
कम्पनीको एफपीओ आवेदन भर्ने लगानीकर्ताले न्यून्तम दश देखि अधिक्तम ५ हजार १६ कित्तासम्म शेयर पाएका छन् ।
कम्पनीले १० देखि ३० कित्तासम्म र ८० देखि १८० कित्ताका लागि आवेदन भर्ने लगानीकर्तालाई गोलाप्रथाका आधारमा शेयर बाँडफाँड गरेको छ भने ४० देखि ७० कित्ता र १९० देखि एक लाख कित्ता आवदेन भर्ने लगानीकर्ता सबैले शेयर पाएका छन् ।
कम्पनीले एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मंसिर १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारण लागि फर्दर पब्लिक इस्यु निष्काशन तथा बिक्री खुला गरेको थियो ।
क्यापिटलका महाप्रबन्धक मेख बहादुर थापाले क्यापिटलले छोटो समयमा लगानीकर्ताको हितलाई ध्यानमा राखेर शिखरको एफपिओ बाँडफाँड गरेको बताए । यहि बिहीबारदेखि लगानीकर्तालाई नपरेको शेयरको रकम फिर्ता गरिने पनि उनले जानकारी दिए । उनका अनुसार तथ्यांक अद्यावधिक गर्ने कामका लागि १० दिन प्रमाण्पत्र छाप्न २ दिन र बितरण गर्न १ सता गरि झण्डै ३ सात समय पछि शेयर सुचिकृत हुने छ ।
कम्पनीले ८० अनुपात २० मा रहेको शेयर स्वामित्व संस्थापक र सर्वसाधारणको रहेकाले त्यसलाई ७० अनुपात ३० बनाउन कम्पनीले ५ लाख १० हजार ९ सय ८८ कित्ता नयाँ शेयर निष्काशन गरेको थियो ।
जसमा ६७ लाख ६३ हजार ७ सय चालीस किताशेयर अर्थात १३.२४ गुणा बढि आवदेन परेको थियो । कम्पनीले ३३ करोड २१ लाख ४२ हजार बराबरको एफपीओका लागि आवदेन मागेकोमा जसमा ४ अर्ब ४० करोड रुपैयाँ बराबरको आवदेन परेको थियो ।
गत आर्थिक वर्षको नाफाबाट २६ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको इन्स्योरेन्सले एफपिओका लगानीकर्तालाई पनि बोनस दिने योजना अघि सारेको छ ।
३५ करोड ७६ लाख रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सको एफपिओ जारी भए पछि चुक्ता पुँजी ४० करोड ८७ लाख रुपैयाँ पुग्नेछ । बाँकी रकम भने कम्पनीको जगेडा कोषमा जम्मा हुनेछ । अहिले उसको जगेडा कोषमा १३ करोड ५५ लाख तथा बीमा कोषमा ३२ करोड ४ लाख रुपैयाँ सञ्चित रहेको छ । इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ६९ रुपैंया रहेको छ ।
एफपिओ निष्काशन पश्चात कम्पनीको शेयर मुल्य पनि एकाएक आकाशिएको छ । एफपिओ निष्काशन भएका दिन बजारमा ८ सय ४१ रुपैयाँ प्रतिकित्तामा किनबेच भईरहेको शिखरको शेयर मुल्य केही दिन पछि नै ९ सय ४२ रुपैंयामा किनबेच भैएको थियो । अहिले कम्पनीको प्रतिकित्ता शेयर मुल्य १ हजार २ सय ९८ रुपैंया कायम भएको छ ।
एक महिनाभित्र साधारण सभा, साधारण सभा अगाडिनै कारोबारमा जाने
सो क्रममा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकास पाण्डेले आगामी विहिबारदेखि रकम फिर्ता गर्ने , एक महिनाभित्र साधारणसभा गर्ने र साधारणसभा गर्नु एक हप्ता अगाडिनै नयाँ बाँडफाँड भएको शेयरको कारोबार शुरु गर्ने योजना रहेको बताए ।
शिखर इन्स्योरेन्सको एपपिओको बाँडफाँट भोलि, १३ गुणा बढीको आवेदन
शिखर इन्स्योरेन्सले ३० प्रतिशत बोनश दिने, एफपिओका शेयरधनीले पनि बोनश पाउने
शिखर इन्स्योरेन्सको एफपिओमा पर्यो १२ गुणा बढीको आवेदन, तपाईले कति कित्ता शेयर पाउनु होला ?
शिखरको एफपीओ बिहीबारदेखि बिक्री खुला, खरिदको आबेदन हाल्नु कति फाईदाजनक ?
इन्भेष्टमेण्ट बैंक र शिखर इन्स्यारेन्सको १० प्रतिशत एफपीओ आउने
.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।