सिटिजन्स बैंकको ५५ प्रतिशत हकप्रद आउँदै, ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक

Jan 05, 2016 Mero Lagani



सिटिजन्स बैंक इन्टरनेशनल (CZBIL) ले चुक्ता पूँजीको ५५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । चुक्ता पूँजी ८ अर्ब रुपैंया पुर्याउने क्रममा बैंकले प्रति १० कित्ता बराबर साढे ५ कित्ताका दरले कहप्रद शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनका लागि बैंकले ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।

१ अर्ब ७१ करोड रुपैंयाँ बारबरको हकप्रद शेयर निष्कानका लागि क्यापिटललाई बिक्रि प्रबन्धक गर्ने सम्झौतामा सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका हुन् ।


सम्झौता अनुसार सम्झौतामा अनुसार १ करोड ७१ लाख १८ हजार १ सय ६३ कित्ता हकप्रद शेयर निष्काशन चालु आर्थिक वर्षको चौथो त्रैमास भित्रै हुनेछ । नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंकको साधारण सभाको निर्णय बमोजिम कुल लगानीको ५५ प्रतिशत हकप्रद शेयर निष्काशनको तयारीमा बैंक लागेको हो ।

अहिले बैंकको चुक्ता पूँजी ३ अर्ब ६ करोड ५२ लाख रुपैंया रहेको छ । गत आर्थिक वर्षको खुद नाफाबाट २० प्रतिशत बोनस शेयर बितरण गरिसकेको बैंकको कहप्रद निष्काशन पश्चात चुक्ता पूँजी ४ अर्ब ७७ करोड रुपैंया पुग्ने छ ।

कसरी पुर्याउँदैछ सिटिजन्स बैंक इन्टरनेशनलले ८ अर्ब चुक्ता पूँजी (आधिकारिक बिबरण सहित)

 

 

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।