शेयर डिम्याट गराउनै नचाहने २६ कम्पनी चिन्नुहोस्

Jan 05, 2016 Merolagani



नेपाल धितोपत्र बोर्डको निर्देशनमा सीडीएससी एण्ड क्लियरिड. लिमिटेडले यही माघ १ गतेदेखि नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने सबै कम्पनीको अनिबार्य अभौतिक (डिम्याट) कारोबार गराउँदै छ । नेप्सेमा १३१ कम्पनीको यस अघि नै अनिबार्य डिम्याट शेयर कारोबार सुरु भईसकेको छ भने ३४ कम्पनी सम्झौता गर्ने चरणमा छन् । तर २६ कम्पनी यस्ता छन् जसलाई अनिबार्य डिम्याट कारोबारको रत्तिभर चिन्ता छैन र सीडीएससीको सम्पर्कमा समेत गएका छैनन् ।

 

यी हुन् निदाएर बसेका २६ कम्पनीः

 

स्रोतः सीडीएससी । 

*सुर्खेतमा रहेको काँक्रेबिहार विकास बैंकले यो समाचार प्रकाशित भए पछि मेरोलगानीसंग फेन सम्पर्क गरि बुधबार अथवा बिहीबार भित्रमा सिडिएसमा डिम्याटमा जानका लागि सम्झौता गर्ने तयारी भैरहेको जानकारी दिएको छ । बैंकका कम्पनी सचिव जगत थापाले मेरोलगानीसंग कुरा गर्दै भने ‘हामी बुधबार अथवा बिहीबार नै सिडिएससीसंग यस सम्बन्धमा सम्झौता गर्दैछौं । २ दिन भित्रमा कुनै पनि हालतमा हाम्रो सम्झैता भइसक्छ ।’

सीडीएससीसँग शेयर डिम्याट गराउन चासो नदिने यी २६ कम्पनीको शेयर कारोबार माघ १ गतेदेखि रोकिने संभावना बढेको छ । यी कम्पनीका शेयर किनेर कागजी प्रमाणपत्र लिएर बसेका वा खाली हस्तान्तरणमा रहेका लगानीकर्ताले पुस महिना भित्रै बेचिसक्नु पर्नेछ । नत्र माघ लागेपछि किनबेच नै बन्द हुने स्थितिको सामना गर्नुपर्ने भएको छ ।


सीडीएससीसँग सम्पर्कमा नगएका कम्पनीहरुमा केही समस्याग्रस्त भएका कम्पनीहरु छन् भने केही नियमित शेयर कारोबारमा रहे पनि डिम्याटप्रति रुची नदेखाउनु रहस्यमय मात्रै छैन, लगानीकर्ताको हितमा ध्यान दिन नखोजेको पनि स्पष्टै देखिएको छ । पुस महिनाको बाँकी ८ दिनमा यी कम्पनीका लगानीकर्ताको दबाब परेमा भने हतारमा सम्झौताका लागि कुद्ने प्रबृत्ति पनि सम्बन्धित संस्थाका कर्मचारी र संचालकहरुमा देखिनसक्छ । तर पुस २५ गतेसम्म सम्झौतामा नगएमा ती कम्पनीहरुको शेयर डिम्याट गर्न नसकिने चेतावनी सीडीएससीले दिएको छ

यी कम्पनीहरु सीडीएससीसँग सम्झौतामा नगएसम्म शेयर नामसारी पनि रोकिने निश्चित छ । त्यसो हुँदा लगानीकर्ताले ठूलो घाटा खानुपर्ने मात्रै छैन, शेयर नामसारी गराएर डिम्याटमा ल्याउन पनि महिनौ कुर्नुपर्ने हुन्छ । त्यसैले यी कम्पनीहरुको शेयर किन्न लागेकाहरुले माघ १ गतेसम्म कुर्नु नै उत्तम हुने देखिएको छ ।

सिडिएससीमा शेयर डिम्याट सम्झौता गर्ने कम्पनीको संख्या १ सय ३९ पुग्यो

होसियार । माघ १ यता डिम्याट नभएको शेयर किनेर डुब्नुहोला

 

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।