टेलिकमले ५० प्रतिशत नगद लाभांश दिने, सर्वसाधारणको भागमा ३३ करोड ३० लाख

Jan 06, 2016 Mero Lagani



नेपाल टेलिकम (NT6C) ले आफ्ना सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश दिने भएको छ । टेलिकम सञ्चालक समितिको बोर्डबाट पारित यो लाभांश आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । एनटिसी नेपालको सर्वा्धिक नाफा कमाउने र कर तिर्ने कम्पनीमध्येकै एक हो ।

गत आर्थिक वर्षमा १३ अर्ब ८७ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले साढे सात अर्ब रुपैयाँ लाभांश वितरण गर्न लागेको हो ।

९१.४९ प्रतिशत सरकार, ४.४४ प्रतिशत सर्वसाधारण,४.०४ प्रतिशत कर्मचारी र ०.०३ प्रतिशत नागरिक लगानीकोषले पाउनेछन् ।

जसअनुसार ६ अर्ब ८६ करोड रुपैयाँ सरकारको खातामा जाने छ भने ३३ करोड ३० लाख रुपैयाँ सर्वसाधारण लगानीकर्ता, ३० करोड रुपैयाँ टेलिकमका कर्मचारी तथा २२ लाख रुपैयाँ नागरिक लगानी कोषलाई वितरण गरिनेछ ।

१५ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको टेलिकम नेप्सेमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी भएको कम्पनी हो ।

 

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।