फेवा र बिजनेस युनिभर्सलको मर्जर औपचारिक रुपमै टुट्यो, आजदेखि नेप्सेमा कारोबार

Jan 06, 2016 Mero Lagani



बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक (BUBDL)  र फेवा विकास बैंक (FBBL) एकआपसमा मर्ज नहुने निश्चित भएको छ । दुई संस्था मर्जरमा जान सहमति गरेको डेढ महिनापछि यी दुई बैंक मर्जर प्रक्रियाबाट टाढीएका हुन् । मर्जर प्रक्रिया औपचारिक रुपमै टुटे्पछि बिजनेस युनिभर्सल बैंकको आजबाट नेप्सेमा कारोबार शुरु भएको छ ।

मर्जरमा जाने बिषयमा फेवा विकास बैंकका संचालकहरुबीच मतभेद देखिएपछि यी दुई बैंकको मर्जर टुटेको हो। फेवाका अधिकास संचालक मर्जरमा जाने पक्षमा  देखिएको भएपनि  फेवा  भित्रको विवाद बढ्दै गएपछि विजनेश युनिभर्सल समेत यो प्रक्रियाबाट बाहिरीएको हो ।

गत मंसिर १ गते बिजनेस युनिभर्सल र फेवाले मर्जमा जाने समझदारी गरेका थिए । मर्ज गर्ने निर्णय गर्दा आफूलाई कुनै जानकारी नदिइएको भन्दै फेवाका तत्कालीन अध्यक्ष जगन गुरुङले बैंकका ३० प्रतिशत सेयरधनीको साथ लिएर राष्ट्र बैंकमा निवेदन दिएका थिए । त्यसपछि मर्जरमा किन नजाने भनेर केन्द्रीय बैंकले उनलाई स्पष्टीकरण मागेको थियो ।

बिजनेस युनिभर्सल डेभेलपमेन्ट बैंकसँगको मर्जर भाँडिएपछि फेवा विकास बैंकले जगन गुरुङलाई अध्यक्षबाट हटाएर रामभत्त रञ्जितलाई नयाँ अध्यक्ष छानेको थियो ।

साथै बैंकका शेयरधनी सदस्यहरुको भेलाले विवाद मिलाउन विशेष साधारणसभा आह्वान गर्ने निर्णय समेत गरेको थियो ।

मर्जर प्रक्रिया टुटे्पछि  बिजनेस युनिभर्सल बैंकको आजबाट नेप्सेमा कारोबार पुन सुचारु भएको छ ।

 

सहमतिको एक महिना नपुग्देै फेवा र बिजनेस युनिभर्सलको किन टुट्यो मर्जर प्रक्रिया ?

पोखराका बिकास बैंक र फाईनान्सहरु बलियो र सक्षम देखिनुको यस्तो रहेछ रहस्य

.................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।