सिद्धार्थ बैंक र विजनेश युनिभर्सलको मर्जर प्रक्रिया चार महिनामा पुरा हुने

Jan 07, 2016 Mero Lagani



सिद्धार्थ बैंक (SBL)  लिमिटेड र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक (BUDBL) बीच विहिबार मर्जर सम्बन्धी औपचारिक सम्झौता भएको छ । मर्जर पश्चात् सिद्धार्थ बैंक लिमिटेडको नाम बाट संयुक्त कारोवार हुनेछ । समझदारी अनुसार मर्जरपछि बन्ने संस्थाको कुलपुँजी ३ अर्ब ४९ करोड पुग्नेछ ।

 

मर्जर सम्बन्धी समझदारी पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सञ्चालक हेमन्त ज्ञवाली र युनिभर्सल डेभलपमेन्ट बैंकका तर्फबाट सञ्चालक दिनेश शंकर पालिखेले हस्ताक्षर गरेका हुन् ।

मर्जर सम्बन्धि सम्पूणं कार्य २०७३ साल वैशाख मसान्तसम्म सक्ने बैंकको लक्ष्य रहेको छ । यसका साथै मर्जर प्रयोजनका लागि दुवै संस्थाको शेयर कारोबार पौष २३ गते देखि नै रोक्का गरिएको छ ।

चालु आर्थिक वर्ष २०७२/७३ को आश्विन मसान्त सम्ममा सिद्धार्थ बैंक र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको संयुक्त रुपमा रु. ३६ करोड ५२ लाख सञ्चालन मुनाफा ९नोक्सानी ब्यवस्था अघिको रु. ५१ अर्ब ७० करोड कुल निक्षेप र रु. ४३ अर्ब ७० करोड कर्जा रहेको विजनेश युनिर्भसल बैंकका प्रमुख कार्यकारी मनोहर केसीले जानकारी दिए ।

मर्जर पश्चात् बैंकले नेपालभर ६५ शाखा, ७२ ए.टि.एम र ६४ स्थानमा शाखारहित बैंकिंग सेवाको माध्यमबाट उच्चस्तरीय बैंकिग सेवा प्रदान गर्ने विज्ञप्तीमा उल्लेख छ ।

........................................................................................................................................................तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।