मर्जमा जाने बाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको संख्या अझै बढ्ने भएकाले शेयर बन्धक बन्ने क्रम अझै तीब्र हुने छ । अहिलेसम्म प्रभु, ग्राण्ड, मेगा, जनता, माछापुच्छ्रे, बैंक अफ काठमाडौ, लुम्बिनी, एनसीसी र सिद्धार्थ बैंक मर्ज प्रक्रियामा गईसकेका छन् भने सिभिल, सेन्चुरी, कुमारी, नेपाल बंगलादेश, प्राईम लगायतका बैंक मर्जमा जान खुट्टा उचालेर बसेका छन् ।
सर्वसाधारणमा शेयर जारी नगरेको राष्ट्रिय बाणिज्य बैंकलाई छाड्ने हो भने २९ मध्ये १४ बैंक मर्जमा जाने पक्कापक्की छ । यसो हुँदा बाँकी १५ बैंकको मात्र शेयर कारोबार हुँदा समग्रमा शेयर बजार प्रभावित हुने छ किनभने नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने शेयर मध्ये ६० प्रतिशत हिस्सा बाणिज्य बैंककै हुने गर्छ
त्यस पछि धेरै जसो विकास बैंकहरु विकास बैंकमा नै अथवा वाणिज्य बैंकमा मर्जको प्रकृया रहेका छन् । ती बैंक तथा वित्तीय संस्थाको पनि उत्तिकै मात्रामा शेयर कारोबार रोक्का भैरहेको छ । आगामी दिनमा आफैंले तोकिएको चुक्ता पूँजी पुर्याउन नसक्दा मर्जरमा जाने विकास बैंक तथा फाइनान्सहरुको संख्या तिब्र रुपमा बढ्ने निश्चित छ ।
पछिल्लो पटक मात्र राजधानीको बिजनेश युनिभर्सल डेभलपमेण्ट बैंकले पोखराको फेवा विकास बैंकसंग गत मंसिर २ गते मर्जरको सम्झौता गरे पछि एकाएक दुवै बैंकको शेयर कारोबार रोक्का भयो । त्यसको २ महिना समय बित्न नपाउँदै दुई बैंकको मर्जर सम्झौता एकाएक तोडियो । जसका कारण लगानीकर्ताको ती २ बैंकमा रहेको शेयरमा परेको रकम अनावश्यक रुपमा २ महिनाका लागि बन्धक हुन पुग्यो । फेवा विकास बैंकको अझैसम्म शेयर कारोबार सुचारु हुन सकेको छैन भने बिजनेश युनिभर्सलको १ दिन शेयर कारोबार हुन नपाउँदे बिहीबार सिद्धार्थ बैंकसंग मर्जर सम्झौता गरे पछि दुवै बैंकको शेयर कारोबार रोक्का भएको छ ।
यसरी दिन दिनै मर्जर कै कारण लगानीकर्ताले आफ्नो सम्पत्ती आफुले चाहेको समयमा बेच्न नपाउने अवस्था आउँदै गर्दा नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले अहिलेसम्म यस सम्बन्धमा प्रष्ट खाका तयार पार्न नसक्दा भोलिका दिनमा यो समस्या झनै भयावह बनेर जाने देखिन्छ ।
अहिले कुन् कुन् बैंक तथा वित्तीय संस्था मर्जर प्रकृयामा रहेका छन् ?

नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले मर्ज प्रक्रियामा गएमा संलग्न सबैको र जो बेचिन वा बिलय हुन लागेको हो यसको मात्रै शेयर कारोबार रोकिने नियम लागु गरिरहेका छन् । यसबाट सामान्य लगानीकर्ताहरु यसरी प्रताडित भईरहेका छन् कि मानौ मर्ज वा एक्विजिशनमा जाने कम्पनीका शेयर किन्नेहरु अपराधीहरु हुन ।

यो प्रक्रिया पुरा नभएसम्म न त उनीहरुले शेयर बेचेर आफुलाई आपत परेको बेला गर्जो टार्न सक्छन् न त यस्ता शेयरको धितो बन्धक राख्न नै सहज हुन्छ । शेयर बजारले उचाई लिएको बेला पनि आफ्नो सम्पति बेच्न नपाई मुख अमिलो पारेर बस्नुपर्ने यी लगानीकर्ताहरुको कस्तो नियति ? मर्ज वा एक्विजिशन प्रक्रियामा बैंकका संचालकहरुले गर्ने अस्वस्थ मोलमोलाई, संचालक र कर्मचारीमिलानको बिबाद, राष्ट्र बैंकबाट हुने ढिलासुस्ती, धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारमा हुने अनेक झण्झटको मार सामान्य लगानीकर्तालाई बोकाईन्छ ।
खतरनाक पक्ष यो छ कि मर्ज वा एक्विजिशनमा जाने बैंक वा बित्तीय संस्थामा भित्री पहुँच राख्ने वा राष्ट्र बैंकका अधिकारीहरुसँग सम्पर्कमा रहने हैसियत भएका लगानीकर्ताहरु मर्जको सूचना थाहा पाउने बित्तिकै शेयर बेचेर पाखा लागिहाल्छन् । कहिलेकाँही सम्बन्धित कम्पनीको शेयर मूल्य अस्वभाविक रुपमा बढाएर संस्थापक, प्रबद्र्धक र धेरै शेयर हुनेहरुले मर्जको सम्झौता हुनु अगाडि नै आफ्ना शेयरहरु बेच्ने गरेको पाईन्छ ।
जब कि साधारण लगानीकर्ताहरु यसको रहस्य थाहा पाउँदैनन् । जब स्टक एक्सचेन्ज र राष्ट्र बैंकमा मर्ज वा एक्विजिशनको सम्झौतापत्र पुगेर शेयर कारोबार रोकिने सूचना आउँछ, साना लगानीकर्ताहरु हेरेको हेर्यै हुन्छन् । उनीहरुको अगाडि पश्चाताप गर्दै अनन्त समय कुर्नु बाहेक अरु विकल्प हुँदैन । नेपालको दोस्रो शेयर बजारमा देखिएको यो एउटा विकृत पक्ष हो ।
..................................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।