एसबीआई बैंकको लाभांस प्रस्ताव स्वीकृत, साधारण सभाको मिती पनि तोकियो, कहिले हुँदैछ बुक क्लोज ?

Jan 10, 2016 Mero Lagani

नेपाल एसबीआई बैंक (SBI) ले आफ्ना शेयरधनीलाई दिने भनेको बोनस शेयर तथा नगद लाभांसको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । यहि पुस २ गते बिहीबार बसेको एसबीआई बैंक सञ्चालक समितिले शेयरधनीलाई दिने भनेको २७ प्रतिशत बोनस शेयर तथा १ दशमलव ४२ प्रतिशत नगद लाभांस राष्ट्र बैंकबाट स्वीकृत भएको हो ।

लाभांस प्रस्ताव पारित गर्ने, पुँजी वृद्धि गर्ने तथा प्रिमियममा हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा केन्द्रित हुँदै बैंकको साधारण सभा आगामी माघ २४ गते आइतबारका लागि तय भएको छ । साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांस प्रस्ताव पनि यसै साधारण सभा मार्फत पारित गर्दैछ । गत आर्थिक वर्षमा १ अर्ब ६ करोड रुपैंया खुद नाफा कमाएको थियो ।

अहिले ३ अर्ब ६ करोड ३३ लाख रुपैंया चुक्ता पूँजी रहेको बैंकले साधारण सभा प्रायोजनका लागि आगामी माघ ५ गतेदेखि २४ गतेसम्मका लागि शेयर दाखिला खारेज बन्द गर्ने जनाएको छ । साथै बैंकले नगद लाभांस शेयरधनीको खातामा सिधै जम्मा हुने व्यवस्था मिलाएको जनाउँदै खाता भएको शाखामा सम्पर्क गरि स्थायी निर्देशन फारम पेश गर्न पनि आग्रह गरेको छ ।

मुख्य कार्यालय स्थानान्तरण देखि प्रिमियममा हकप्रद शेयर निष्काशनका लागि सञ्चालक समितिलाई मार्ग प्रशस्त गर्ने विषयलाई साधारण सभाले अनुमोदन गर्ने छ । पुस २ गतेको सञ्चालक समितिको बैठकले २ अर्ब ६० करोड रुपैंया बराबरको हकप्रद शेयर प्रिमियममा निष्काशन गर्ने निर्णय गरेको थियो ।

सञ्चालक समितिको उक्त निर्णयलाई प्रतिशेयर नेटवर्थको सीमा भित्र रहेर प्रिमियम मुल्य निर्धारणका लागि हकप्रद शेयरको अनुपात निर्धारण, जारी हुने रकम र शेयर निष्काशनको चरण किटान गर्न साधारण सभाले सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित गर्दैछ ।

बैकले हालको चुक्ता पूँजीको ८५ प्रतिशत हकप्रद निष्काशन गर्ने तयारी गरेको हो । हकप्रद जारी पछि बैंकको चुक्ता पूँजी साढे पाँच अर्ब नाघ्ने देखिन्छ । औपचारीक रुपमा पूँजी वृद्धिको योजना सार्वजनिक नगरेको बैंकको यो निर्णयले हकप्रद र बोनस बाटै आगामी २ बर्षमा आठ अर्ब चुक्ता पूँजी पुयाउने देखिन्छ ।

नेपाल एसबिआई बैंक लिमिटेड नेपाल र भारतको संयुक्त लगानीमा भारतीय स्टेट बैंक तथा कर्मचारी संचय कोषको प्रवद्र्धनमा स्थापित बैंक हो । बैंकले हाल ६६ वटा व्यवशायिक इकाई (३ वटा क्षेत्रीय कार्यालय सहित) र ६७७ जना कर्मचारी मार्फत सेवा प्रदान गर्दै आएको छ । हाल देशका विभिन्न स्थानमा बैंकका ७८ वटा एटिएम रहेका छन् ।

यो पनि पढ्नुहोस् .....  

प्रिमियम मूल्यमा हकप्रद बेच्ने नेपाल एसबीआईको नौलो प्रयास सफल होला ?

.......................................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।