किन तोडियो महालक्ष्मी फाइनान्स र अल्पाइन डेभलपमेन्ट बैंकबीचको मर्जर सम्झौता ?

Jan 10, 2016 Mero Lagani



महालक्ष्मी फाइनान्स (MFL)  र अल्पाइन डेभलपमेन्ट बैंक (ALDBL) बीच भएको मर्जर सम्झौता तोडिएको छ । दुई कम्पनी मिलेर राष्ट्रिय स्तरको फाइनान्स कम्पनी हुने गरी गत साउन ३१ गते मर्जरको सम्झौता भएको थियो । मर्जर सम्झौता भएको झण्डै पाँच महिनापछि आएर दुई कम्पनीबीचको मर्जर टुटेको हो ।

राष्ट्र बैंकले शुक्रबार मर्जर समितिको नाममा पत्र पठाउँदै कार्यक्षेत्र र स्तर घट्ने अवस्थामा मर्जर हुन नसक्ने स्पष्ट पारेपछि मर्जर प्रक्रिया तोडिएको हो । 

‘दुई कम्पनी मिलेर राष्ट्रिय स्तरको फाइनान्स कम्पनी हुने गरी मर्जरको सम्झौता भएकोमा विद्यमान कानुन अनुसार स्तर वा कार्यक्षेत्र घट्ने अवस्थामा मर्जरको व्यवस्था नभएपछि मर्जर सम्झौता रद्द भएको छ,’ मर्जर समितिको कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

यी दुई मध्ये अल्पाइन विकास बैंक भएको र मर्जरमा जाँदा घटुवा भइ फाइनान्स कम्पनी बन्ने भएपछि राष्ट्र बैंकले मर्ज हुन नसक्ने स्पष्ट पारेपछि मर्जर तोडिएको हो ।

 

अल्पाईन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी सुर्दशन अधिकारीले राष्ट्र बैंकको निर्देशनमा नभई दुई कम्पनीको सहमतिमै मर्जर प्रक्रिया रद्ध गरिएको जानकारी दिए ।

'हामी तीन जील्ले विकास बैंक भएपनि राष्ट्रियस्तरको फाइनान्ससँग गाभिँदा कार्यक्षेत्र बढ्ने र उसको पूँजी पनि धेरै भएकाले हामी भन्दा ठुलो मानेर मर्जरमा जाने निधो गर्यौ तर राष्ट्र बैंकले पाँच महिनापछि आएर कानुन अनुसार मिल्दैन भनेपछि लगानीकर्ताको हितलाई ध्यानमा राखि हामी आफै मर्जर टुटाएका हौ' अधिकारीले मेरो लगानीलाई भने ।

महालक्ष्मी फाइनान्सले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । ४२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले गत आर्थिक बर्षमा ८ करोड ७० लाख रुपैंया खुद नाफा कमाएको थियो । फाइनान्सले १२ वटा शाखा मार्फत वित्तीय सेवा दिंदै आएको छ ।

तीन जिल्ला कार्यक्षेत्र रहेको अल्पाइन डेभलपमेन्ट बैंकको ११ करोड ८० लाख चुक्ता पुँजी रहेको छ । बैंकले आफ्ना शेयरधनीहरुलाई २३ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा ३ करोड ८३ लाख ८ हजार रुपैंया खुख नाफा कमाएको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४२ लाख ९६ हजार रुपैंया खुख नाफा कमाएको छ ।

 

.......................................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।