लक्ष्मी बैंकले शतप्रतिशत हकप्रद बेच्ने निर्णय गरे पछि किन लाग्यो शेयर बेच्नेको ओइरो ?

Jan 10, 2016 Mero Lagani

लक्ष्मी बैंक (LBL) ले चालु आर्थिक वर्षमा चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको १ सय ६८ औं बैठकले चुक्ता पूँजी वृद्धिका लागि शत प्रतिशत अर्थात १ बराबर १ का दरले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । यो निर्णय सार्वजनिक भएसंगै नेपाल स्टक एक्सचेञ्जको बजारमा शेयर बेच्नेको ओइरो लागेको छ ।

अहिले ३ अर्ब ३ करोड रुपैंया चुक्ता पूँजी भएको बैंकले हकप्रद जारी पश्चात चुक्ता पूँजी ६ अर्ब ७ करोड रुपैंया पुर्याउने छ । गत आर्थिक वर्षमा मात्र बैंकले चुक्ता पूँजी ५ अर्ब रुपैंया पुर्याउने योजना सहित ३० प्रतिशत अर्थात १० बराबर ३ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । गत आर्थिक वर्षमा ४१ करोड १९ लाख रुपैंया खुद नाफा कमाएको बैंकले शेयरधनीलाई बोनस तथा लाभांस नदिने निर्णय गरेको छ ।

बैंक सञ्चालक समितीको यो निर्णयले आइतबारको शेयर कारोबारमा लक्ष्मी बैंकको शेयर बेच्नेको भिड लागेको छ भने तुलनात्मक रुपमा शेयर किन्नेको संख्या एकदमै न्युन बनेको छ । बोनस खाने ध्याउन्नमा रहेका लगानीकर्ता एकाएक हकप्रद किन्नुपर्ने निर्णयले शेयर किन्ने भन्दा बेच्नका लागि उत्साहित भएका हुन् ।

 

बैंकका कम्पनी सचिव प्रयुस राज वन्तका अनुसार बैंकले अहिले १५ प्रतिशत बोनस दिन सक्ने अवस्था भए पनि त्यसले चुक्ता पूँजी बढाउने योजनालाई सहयोग नगर्ने भएकाले हकप्रद मात्र निष्काशन गर्ने निर्णय भएको जानकारी दिए । मेरो लगानीसंगको कुराकानीमा उनले भने ‘अहिले बोनस दिनुभन्दा हकप्रद निष्काशन गरेर आगामी २ आर्थिक वषर््मा निरन्तर १५ प्रतिशतका दरले बोनस शेयर दिंदा बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैंया नाघ्छ, यहि कारण अहिललेलाई बोनस नदिइएको हो । १५ प्रतिशत बोनस दिने क्षमता बैंकसंग छ ।’

हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ७ करोड रुपैंया पुग्ने छ । त्यस पछि आगामी आर्थिक वर्षमा १५ प्रतिशत बोनस दिएको खण्डमा बैंकको चुक्रा पूँजी ९१ करोड ५ लाख रुपैंयाले वृद्धि भएर ६ अर्ब ९८ करोड रुपैंया पुग्ने छ । त्यस पछि अर्को आर्थिक वर्षमा फेरी १ अर्ब ४ करोड ७० लाख रुपैंया बराबरको १५ प्रतिशत बोनस शेयर बितरण गर्ने लक्ष्य बैंकले लिएको छ । यस पछि बैंकको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैंया पुग्ने छ ।

बैंकले आगामी साधारण सभा माघ २८ गतेका लागि आह्वान गर्ने बुझिएको छ । साधारण सभा मार्फत हकप्रद निष्काशनको औपचारिक टुंगो लाग्ने छ । साधारण सभाका सम्बन्धमा केही दिन भित्रमा बस्ने बैंक सञ्चालक समितिको अर्को बैठकले निर्णय गर्ने बैंकले जनाएको छ ।

लक्ष्मी बैंकले यसरी पुर्याउँदै छ हकप्रदबाट ८ अर्ब चुक्ता पूँजी (आधिकारिक बिबरण सहित)

.........................................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।