हकप्रदले लक्ष्मी बैंकको शेयरमूल्य घट्दा कारोबारमा कुमारी अगाडि

Jan 10, 2016 Mero Lagani



साताको पहिलो दिनको शेयरबजारमा सामान्य सुधार देखिएको छ । जलविद्युत समूहमा उच्च सुधार आएको बजारमा विकास बैंक र वीमा समूहको परिसूचक भने नकारात्मक बनेको छ ।हकप्रदको घोषणाले शुभेच्छा विकास बैंकका लगानीकर्ता उत्साहीत भएपनि लक्ष्मी बैंकको शेयरमा भने लगानीकर्ताको रुची देखिएन् । यसदिन कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा कुमारी बैंक सबैभन्दा अगाडि देखिएको छ ।

साताको पहिलो दिन आइतबार शेयरबजार पसिूचक नेप्से ३.०४ अंकले उकालो लागेर ११६७.१८ अंकमा पुगेको छ । कारोबारमा आएका व्यापार विकास बैंक र वीमा समूहको परिसूचक बाहेक अन्य सबै समुहमा आएको सुधारले नेप्से उकालो लागेको हो ।आइतबारको कारोबारमा तीन कम्पनीहरुको शेयरमूल्य झण्डै दश प्रतिशतले बढेको छ । 

यसदिन शेयरबजारमा कुल १२९ कम्पनीको करिब ९ लाख ७६ हजार कित्ता शेयर ४९ करोड ६२ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ । अघिल्लो कारोबारको तुलनामा कारोबार रकम भने नौ करोड रुपैयाँ बढिले घटेको छ ।
आइतबारको कारोबारमा वाणिज्य बैंकको समूहको २२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा वीमा समूहको १३ करोड बढिको कारोबार भएको छ । वाणिज्य बैंक समूहको सूचक १.०९ अंकले बढ्दा जलविद्युतको सबैभन्दा धेरै ४५.४३ अंकले बढेको छ । होटल र अन्य समूहको सूचक  सामान्य बढ्दा विकास बैंक र वीमा भने ओरालो लागेको छ ।

यसदिन पनि शुभेच्छा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो कम्पनीको शेयरमूल्य ९.९५ प्रतिशतले बढेको छ । यस्तै किसान माइक्रो फाइनान्स, मनास्लु विकास बैंकको शेयरमूल्य समेत दश प्रतिशतकै हाराहारीमा बढेको छ । त्यसपछि राष्ट्रिय वीमा समितको आठ प्रतिशत भन्दा धेरैले शेयरमूल्य बढेको छ । त्यसपछि मितेरी, मालिका ,विराट लक्ष्मी लगायतका कम्पनी कमाउनेमा परेका छन् ।

 

पछिल्लो समयमा बजारमा हकप्रद घोषणा गरेका कम्पनीमा लगानीकर्ताको आर्कषण बढेको छ । हकप्रदकै कारण शुभेच्छा विकास बैंकको शेयरमूल्य सबैभन्दा धेरै बढ्दा एक बराबर एक हकप्रद दिने घोषणा गरेको लक्ष्मी बैंकको भने शेयरमूल्य घटेको छ । यो बैंकको शेयरमूल्य प्रतिकित्ता २४ रुपैयाँले घटेर ५७४ रुपैयाँमा झरेको छ । लक्ष्मी बैंकको ४७ हजार कित्ताशेयर २ करोड ७६ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ ।

यसदिनको करोबारमा शेयरसंख्या र कारोबार रकम दुवैमा कुमारी बैंकअगाडि देखिएको छ । यो बैंकको एक लाख ४० हजार कित्ता शेयर ५ करोड ३१ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएका छन् । कुमारीको कारोबार बढेपनि शेयरमूल्य भने २.८१ प्रतिशत अर्थात ११ रुपैयाँले घटेर ३८१ रुपैयाँमा झरेको छ ।

यसपछि कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । लक्ष्मी बैंक, हिमालयन इन्स्योरेन्स र इनभेष्टमेन्ट बैंक संस्थापक शेयरको किनबेच पनि २ करोड बढिको भएको छ ।

यसदिनको कारोबारमा मल्टिपरपोज फाइनान्स, कसमस डेभलपमेन्ट, सिद्धार्थ इन्स्योरेन्स तथा भत्तपुर फाइनान्स लगायतका कम्पनी गुमाउनेमा परेका छन । सिद्धार्थ इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेपनि लगानीकर्ता भने उत्साहीत हुन सकेनन् । यो कम्पनीको शेयरमूल्य ५.२६ प्रतिशतले घटेको छ ।

......................................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।