जनकपुरको सहयोगी विकास बैंक र जानकी फाइनान्स गाभिने

Jan 10, 2016 Mero Lagani



सहयोगी विकास बैंक लिमिटेड (SBBLJ) र जानकी फाइनान्स लिमिटेड (JFL)एकआपसमा गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम पूँजी बढाउन जनकपुरमा रहेका यी दुई कम्पनी एक आपसमा गाभिने भएका हुन् ।सहयोगी विकास बैंकको १२ औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित समारोहमा सो जानकारी दिइएको हो ।

बैंकका अध्यक्ष उदयकान्त झाले जानकी फाइनान्ससँग गाभिने प्रक्रिया अगाडि बढाइएको बताए । २ कम्पनी गाभिए पछि बन्ने नयाँ संस्थाको १३ प्रतिशत बोनसपश्चात पूँजी ७६ करोड ८७ लाख पु¥याउने योजना बैंकको छ । 

जानकी फाइनान्सको २४ करोड ८६ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ भने सहयोगी विकास बैंकको २० करोड १४ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । सहयोगी विकास बैंकले गतबर्षको मुनाफाबाट २८ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव समेत पारित गरेको छ ।

बैंकले निक्षेपतर्फ २०७२ असार मसान्तसम्ममा रु दुई अर्ब १० करोड १० लाख परिचालन गरेको छ । आव २०७१/७२ को अन्त्यसम्ममा बैंकको कुल सम्पत्ति रु दुई अर्ब ४६ करोड ५६ लाख रहेको छ । सोमध्ये कर्जा सापट रु एक अर्ब ७७ करोड रहेको छ ।

बैंकले सो अवधिमा खुद मुनाफा रु सात करोड एक लाख आठ हजार आर्जनगरेको छ  । राससको सहयोगमा

...................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।