पश्चिमाञ्चल डेभलप्मेन्ट बैंकसँगको मर्जरपश्चात २५ प्रतिशत हकप्रद जारी गर्दै मेगा बैंक, संचालक समितिमा नयाँ नेतृत्व

Jan 11, 2016 Mero Lagani



मेगा बैंक नेपाल लिमिटेड (MEGA) ले पश्चिमाञ्चल डेभलप्मेन्ट बैंकसँगको मर्जर पुरा भएपछि चुक्ता पुँजीको २५ प्रतिशत हदप्रद सेयर निष्काशन गर्ने भएको छ । नयाँ संचालक चयन गर्दै सम्पन्न बैंकको पाँचौ साधारणसभाले गतआर्थिक बर्षको मुनाफाबाट दश प्रतिशत बोनस सेयर बाड्ने प्रस्ताव समेत पारित गरेको छ ।

मेगा बैंकले पश्चिमाञ्चल डेभलप्मेन्ट बैंकसँग मर्जरपछि हुन आउने बैंकको चुक्ता पुँजीको २५ प्रतिशत अर्थात् ४ः१ को अनुपातमा हदप्रद सेयर निष्काशन गर्ने भएको छ । मेगा बैंक र पश्चिमाञ्चल डेभलप्मेन्ट बैंकको शेयर आदान प्रदानको अनुपात १०४.२५:६७ कायम हुने भएको छ ।

पश्चिमाञ्चल डेभलप्मेन्ट बैंकले यहि पौष २९ गते हुने साधारणसभाबाट मेगासँगको मर्जरको प्रस्ताव पारित गर्नेछ त्यसपछि दुवै संस्थाले अन्तिम स्वीकृतिका लागि आवश्यक प्रक्रिया थाल्नेछन् ।

मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले वैशाखबाट एकिकृत कारोबार थाल्नेगरि मर्जर प्रक्रिया अगाडि बढाईने मेरो लगानीलाई जानकारी दिए ।

मेगा र पश्चिमाञ्चललाई मर्जरमा जान नेपाल राष्ट्र बैंकले गत चैत्र १२ गते सैद्धान्तिक सहमति दिएको थियो ।

साथै साधारणसभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनश सेयर तथा कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ ।  साधारण सभाले बैंकको अधिकृत पुँजी चार अर्ब रुपैयाँबाट वृद्धि गरी १० अर्ब रुपैयाँ पु¥याउन, जारी पुँजी दुई अर्ब ६० करोड बाट ४ अर्ब पाँच करोड र चुक्ता पुँजी २ अर्ब ६० करोड ९६ लाख रुपैयाँबाट बढाएर ४ अर्ब पाँच करोड सात लाख रुपैयाँ पु¥याउने प्रस्ताव पनि पारित गरेको छ ।

सो कार्यक्रममा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले गत बैशाख १२ को भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण मुलुकको अर्थतन्त्र शिथिल अवस्थाबाट गुज्रिए पनि  बैंकको वित्तीय अवस्था सकरात्मक भएको बताए । उनले गत आर्थिक वर्षमा बैंकले ३४ करोड ६२ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको जानकारी दिए ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बैंकको कूल २२ अर्ब ५६ करोड रुपैयाँ तथा कर्जा १८ अर्ब ८९ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । उक्त अवधिमा बैंकले ८ करोड ४३ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको छ ।

बैंकमा नयाँ संचालक

साधारणसभाले नयाँ सञ्चालकहरुको चयन समेत गरेको छ । आइतबार राजधानीमा सम्पन्न बैंकको पाँचौं वार्षिक साधारण सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ६ जनालाई सञ्चालक समितिमा निर्वा्चित गरेको हो । 

सञ्चालक समितिमा निर्वाचित हुने संस्थापकहरुमा भोजबहादुर शाह, गोपाल खनाल, मदनकुमार आचार्य, शम्भुविक्रम थापा, इन्द्रबहादुर मल्ल ठकुरी र ईश्वरबहादुर गुरुङ्ग रहेका छन् । यसअघि नै चेतनारायण पाण्डे र दिपेन्द्र अग्रवाल सर्वसाधारण समूहबाट निर्वा्चित भइसकेका छन् ।

बैंक संचालक समितले साधारणसभा हुनुभन्दा केहि दिन अगाडि मात्र भोजबहादुर शाहलाई अध्यक्ष नियुत्त गरेको थियो। तत्कालीन अध्यक्ष प्रा.डा. मदन कुमार दाहालले राजीनामा दिएपनि शाह अध्यक्षमा चयन भएका थिए ।

 

.........................................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।