सोमबार शेयर बजार परिसुचक नेप्से १ दशमलव ६३ अंकले उकालो लागेर ११ सय ६८ दशमलव ८१ अंकमा पुगेको छ । सोमबारको शेयर कारोबारमा होटल र अन्य बाहेकका सबै समुहमा आएको सुधारले समग्र नेप्सेमा सुधार देखिएको हो । जलविद्युत समुहमा उच्च सुधार देखिएको भए पनि होटल र अन्य समुहमा आएको गिरावटले नेप्सेमा सामान्य सुधार देखिएको हो ।
लाभांस तथा पूँजी योजनाका कारण विकास बैंक, फाइनान्स लगायत कम्पनीको शेयर मुल्य आकाशिएको छ भने जलविद्युत समुहमा पनि लगानीकर्ता उत्तिकै आकर्षित भएका छन् यस क्रममा सोमबार ९ वटा कम्पनीको शेयर मुल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
यसदिन शेयरबजारमा कुल १३३ कम्पनीको करिब ७ लाख ९३ हजार कित्ता शेयर ४१ करोड ९८ लाख ६८ हजार रुपैंयामा किनबेच भएका छन् । आइतबोको कारोबारको तुलनामा सोमबार कारोबार रकममा झण्डै ८ करोड रुपैंयाले गिरावट आएको हो । आइतबार नेप्सेमा ४९ करोड ६२ लाख रुपैयाँ बराबरमा कारोबार भएको थियो ।
सोमबार २४ दशमलव ४५ अंकले बढेको जलविद्युत समुहमा ४ करोड १० लाख ३७ हजार रुपैंयाका शेयर हरु किनबेच भएका छन् भने ७ दशमलव ८७ प्रतिशतले बढेको विकास बैंक समुहको पनि ६ करोड ६५ लाख ३५ हजार रुपैंयाको शेयर किनबेच भएको छ । त्यसै गरि ५ दशमलव ७४ अंकले उकालो लागेको बीमा समुहमा पनि १ करोड २१ लाख ८९ हजार रुपैंयाको कारोबार भएकोमा बजारको ठुलो हिस्सा ओगट्ने वाणिज्य बैंक समुहमा १४ करोड ८६ लाख ४४ हजार रुपैंयाको कारोबार भएर २ दशमलव ५९ अंकले उकालो लागेको छ । फाइनान्स समुहमा १ करोडको कारोबार हुँदा २ दशमलव ९ प्रतिशतले सुधार आएको नेप्सेमा होटल समुहमा २१ दशमलव २ प्रतिशत तथा अन्य समुहमा १४ दशमलव शुन्य नौ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सोमबार लक्ष्मी बैंकको शेयरको धेरै कारोबार भएको छ । शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारी गरे पछि लगानीकर्ता आइतबारको कारोबारमा अलमलिए पनि सोमबार त्यसतर्फ आकर्षित भए पछि ३ करोड ४८ लाख रुपैंयामा ६२ हजार कित्ता शेयरहरु किनबेच भएका छन् । शेयर मुल्यमा २ प्रतिशतभन्दा बढीले गिरावट आउँदा पनि बजारमा लक्ष्मी बैंकको शेयर किन्ने र बेच्नेको उत्तिकै भिड लागेको थियो ।
नेशनल लाइफ इन्स्योरेन्सको पनि सोमबार उच्च रकमको शेयर किनबेच भएको छ भने बोनस र प्रिमियममा हकप्रदको विषयले लगानीकर्ता उत्साहित बन्दा नेपाल एसबिआई बैंकको शेयरमा आकर्तित हुँदा कारोबार रकम बढेको छ । एसबिआईको २ करोड २० लाख रुपैंयाको शेयर किनबेच भएको छ ।
त्यसै गरि कुमारी बैंकका अध्यक्ष नुरप्रताप राणाले राजिनामा दिए पछि एनसीसी बैंक तथा एभरेष्ट बैंकसंग मर्जरका लागि कसरत गरेको बैंकले निर्णय गराउने आशामा कुमारी बैंकको कारोबार पनि उच्च विन्दुमा पुग्यो । आइतबार पहिलो स्थानमा रहेको बैंकको कारोबार बढे पनि मर्जर कुनसंग हुन्छ भन्ने विषयमा लगानीकर्ता अन्यौलमा रहेकाले शेयर बेच्नेको तुलनामा शेयर किन्नेको संख्या दोब्बर बढी देखियो । यस क्रममा बैंकको १ करोड ४६ लाख रुपैंयाको शेयर किनबेच भएको छ ।
धेरै कमाउनेमा भने राष्ट्रिय बीमा कम्पनीका शेयरधनी रहेका छन् । कम्पनीको शेयर मुल्य ६ सय २० रुपैंया अर्थात ९ दशमलव ९९ प्रतिशतले बढेर ६ हजार ८ सय २७ रुपैंयामा पुगेको छ । त्यस पछि ९ प्रतिशतभन्दा धेरैले शेयर मुल्य बढ्ने कम्पनीहरुमा ४ वटा विकास बैंक र ४ वटा माइक्रो फाइनान्स कम्पनी रहेका छन् ।
महिला सहयात्रा माइक्रोफाइनान्स, क्लिन भिलेज माइक्रोफाइनान्स, मलिका विकास बैंक, किसान माइक्रोफाइनान्स, रिलायबल माइक्रोफाइनान्स, फेवा विकास बैंकको शेयर मुल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ । बिजनेश युनिभर्सल डेभलपमेण्ट बैंकसंगको मर्जर प्रकृया तोडिए पछि सोमबारदेदि फेवा विकास बैंकको शेयर कारोबार सुचारु भएको हो ।
सोमबार धेरै गुमाउनेहरुमा सहारा विकास बैंक, सहयोगि विकास बैंक, कर्णली डेभलपमेण्ट बैंकका शेयरधनी रहेका छन् । यी कम्पनीको शेयरमुल्यमा ५ प्रतिशत भन्दा बढीको गिरावट आएको छ ।
......................................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।