नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनशपछि शतप्रतिशत हकप्रद दिने

Jan 13, 2016 Mero Lagani



नेको इन्स्योरेन्स (NIL) ले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर दिने भएको छ । कम्पनीको मंगलबार बसको संचालक समितिको बैठकले बोनश शेयर वितरण पश्चात एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय समेत गरेको छ ।


 

कम्पनीले १५ प्रतिशत बोनश शेयरको कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । कम्पनीले प्रस्ताव गरेको बोनश तथा हकप्रद विमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

हाल कम्पनीको चुक्तापूँजी २८ करोड रुपैयाँ रहेको छ । बोनश वितरणपश्चात कम्पनीको पूँजी ३२ करोड रुपैयाँ पुग्नेछ त्यसपश्चात कम्पनीले ३२ करोड रुपैयाँ बराबरकै हकप्रद निष्काशन गर्नेछ । 

...................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।