नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनशपछि शतप्रतिशत हकप्रद दिने

Jan 13, 2016 Mero Lagani



नेको इन्स्योरेन्स (NIL) ले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर दिने भएको छ । कम्पनीको मंगलबार बसको संचालक समितिको बैठकले बोनश शेयर वितरण पश्चात एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय समेत गरेको छ ।


 

कम्पनीले १५ प्रतिशत बोनश शेयरको कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । कम्पनीले प्रस्ताव गरेको बोनश तथा हकप्रद विमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

हाल कम्पनीको चुक्तापूँजी २८ करोड रुपैयाँ रहेको छ । बोनश वितरणपश्चात कम्पनीको पूँजी ३२ करोड रुपैयाँ पुग्नेछ त्यसपश्चात कम्पनीले ३२ करोड रुपैयाँ बराबरकै हकप्रद निष्काशन गर्नेछ । 

...................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।