इन्फास्ट्रक्चर डेभलपमेण्ट बैंकको लाभांश पारित, एनसीसीसँग मर्ज हुदै

Jan 13, 2016 Mero Lagani



नेपाल राष्ट्र बैंकको नियन्त्रणमा रहेको नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकसँग गाभिने प्रक्रियमा रहेको इन्फास्ट्रक्चर डेभलपमेण्ट बैंक लिमिटेड (IDBL) ले १३.७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको १२औं बार्षिक साधारणसभाले एनसीसी बैंकसँग मर्जरमा जाने प्रस्तावलाई अनुमोदन समेत गरेको छ ।

बैंकले आफ्ना शेयरधनीहरुलाई गतबर्षको मुनाफाबाट १३.७ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ५९ लाख ६६ हजार ९५८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लागेको थियो ।

बैंकले गत आर्थिक बर्षमा १० करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ८२ करोड ७५ लाख चुक्ता पूँजी रहेको बैंकको बोनस शेयर पश्चात चुक्ता पूँजी करिब ९५ करोड रुपैंया पुग्नेछ । 

त्यस्तै साधारणसभाले गत मंसिर ११ गते एनसिसि, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट र एपेक्स डेभलपमेन्टबीच मर्जरका लागि भएको सहमतीपत्र अनुमोदन समेत गरेको छ । एनसीसी बैंकले पौष २९ गते  कुमारी बैकसँग मर्जमा जाने सम्झौता गरेको छ ।

साथै अन्य बैंक तथा वित्तिय संस्थहरुसँग गाभ्ने, गाभिने वा एक्वीजिसन सम्वन्धि समझदारीपत्र तर्जुमा गर्नेलगायत अन्य प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।