एनसीसी र कुमारीसँगै चार बिकास बैंक गाभिएर आठ अर्ब पूँजीको सबैभन्दा ठूलो बैंक बन्ने

Jan 13, 2016 Mero Lagani

- परमेश्वर अधिकारी

नेपालको ईतिहासमा ६ वटा बैंकहरु एकैपटक एक आपसमा गाभिएर आठ अर्ब २१ करोड भन्दा बढी पूँजीसहितको सबैभन्दा ठूलो बाणिज्य बन्ने भएको छ । बुधबार साँझ दुई बाणिज्य बैंकहरु नेपाल क्रेडिट एण्ड कमर्श र कुमारी बैंक तथा सुप्रिम, एपेक्स, ईन्फ्रास्टक्चर, ईन्टरनेशनल बिकास बैंक मर्ज हुने थप सहमतिपछि आठ अर्ब भन्दा बढी पूँजी भएको नेपालको सर्बाधिक ठूलो बाणिज्य बैंक बन्ने टुंगो लागेको हो ।

 

 

 

एनसीसीमा चार बिकास बैंक गाभिने सहमतिपत्रमा यसअघि नै हस्ताक्षर भएको भए पनि कुमारी बैंक पनि गाभिने सहमति भएपछि थप सहमतिमा पत्रमा हस्ताक्षर गरिएको हो । नेपाल राष्ट् बैंकको नियन्त्रणमा रहेको एनसीसीले ग्राण्ड मर्जरमार्फत नेपालको ईतिहासमा बैंकहरुलाई गाभ्ने ईतिहास रच्न लागेको छ । हस्ताक्षर कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा एनसीसी बैंकका ब्यवस्थापन प्रमुख लक्ष्मी प्रपन्न निरौला निकै उत्साहित र हंसिलो देखिनुलाई अर्थपूर्ण मानिएको छ ।

दुई बाणिज्य बैंकसहित ६ संस्था मिलेपछि चुक्ता पूँजी आठ अर्ब २१ करोड, निक्षेप ८१ अर्ब १२ करोड र कर्जा ६४ अर्ब ८८ करोड पुग्ने छ । यी बैंकहरुको शेयर मिलान अनुपात अर्थात स्वाप रेसियो सम्पति तथा दायित्वको मूल्यांकन ( डीडीए) पश्चात तय गरिने बताईएकोछ । मर्जर प्रक्रिया २०७३ असार मसान्तमा सक्ने सहमति भएको छ । ट वटै बैंकका प्रमुखहरुले हस्ताक्षर गरेको सम्झौता पत्रमा बैंकको नाम के हुने भन्ने बारेमा स्पष्ट पारिएको छैन ।

 

दादागिरी समाप्त

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फृत अघि सारेको बैंक तथा बित्तीय संस्थाहरुको चुक्ता पूँजी बढाउने अभियानलाई आफैले निण्न्त्रणमा लिएको एनसीसी बैंकमा लागु गरी उदाहरण प्रस्तुत गरेको छ भने अर्कोतिर बैंकिड. क्षेत्रमा देखिएको केही सिमित ब्यक्तिहरुको दादागिरी पनि समाप्त पार्न खाजेको छ । एनसीसीमा एनबी समूह र निर्मल प्रधानको दादागिरी समाप्त हुँदैछ भने कुमारीमा नुरप्रताप राणाहरुले हात धुनुपरेको छ । राणाले मर्जकै कारण केही दिनअघि कुमारीको अध्यक्षबाट राजीनामा दिएका थिए र मर्जरमा हस्ताक्षर गर्ने समारोहमा मुखै देखाएनन् ।

६ वटा बैंकहरु मिलेपछि एनबी समूहका लक्ष्मीबहादुर र जीतबहादुर श्रेष्ठ, निर्मल प्रधान र कुमारीका नुरप्रतापहरुको प्रभाव सुन्यतातिर जाने निश्चित भएको छ । एनसीसीमा श्रेष्ठ दाजुभाई र निर्मल समूहकैैै झगडाका कारण राष्ट्र बैंकले हस्तक्षेप गर्नुपरेको थियो । राष्ट्र बैंकको ब्यवस्थापनले सफलतापुर्वक मर्ज सम्पन्न गरी साधारणसभा मार्फत नयाँ संचालक समिति निर्वाचित गराएर मात्र छाड्ने भएको छ ।

 

यसरी गयो कुमारी एनसीसीको साथमा 

 

केही दिनदेखि शेयर बजारमा कुमारी बैंकको शेयर कारोबारमा तिब्र कारोबार हुनुले आउनुले पनि कतिपय लगानीकर्ताले कुमारी बैंक मर्जरको प्रकृयामा रहेको र छिट्टै निर्णयको खबर आउने आशा गरिरहेका थिए । यस बीचमा कुमारी बैंक र एनसीसी बैंकले एक आपसमा मर्ज हुने सम्झौता गरेका हुन् ।

१ महिना भन्दा पहिले देखि चलेको मर्जरको पहललाई एनसीसी, कुमारी लगायतका अन्य ४ विकास बैंकले बुधबार औपचारिक रुपमा निष्कार्षमा पुर्याएका हुन् । यस क्रममा बुधबार लाजिम्पाटस्थित होटल र्याडिसनमा एक कार्यक्रममा बिच कुमारी र एजसीसीका साथै यस अघि नै एनसीसीमा मर्ज हुने सम्झौता गरेका ४ वटा विकास बैंकका प्रतिनिधिले मर्जरको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

मर्जर सम्झौतामा एनसिसीका तर्फबाट एनससिसी बैंक व्यवस्थापन समितिका संयोजक एवं नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले, कुमारीका तर्फबाट मर्जर समितिका संयोजक डा. शोभाकान्त ढकाल, इन्फ्रास्ट्रक्चर सञ्चालक समितिका अध्यक्ष इमानसिंह लामा, एपेक्स डेभलपमेन्टका तर्फबाट विष्णु प्रसाद धिताल, सुप्रिम डेभलपमेन्टको चन्द्र प्रसाद वास्तोला र इन्टरनेशनल डेभलपमेन्ट बैंकको तर्फबाट माधव प्रसाद भट्टले हस्तास्क्षर गरेका छन् ।

चुक्ता पूँजी ८ अर्ब पुर्याउनका लागि कुमारी बैंकले ३ वटा बैंकहरुसंग मर्जरको प्रकृया अघि बढाएको थियो । कुमारी बैंक भित्र रहेको ३ वटा समुहले ३ वटा बैंकसंग मर्जरको प्रकृया अघि बढाएको थियो । जसमा एक पक्षले एभरेष्ट बैंकसंग मर्जमा जाने प्रकृया अघि बढाएको थियो भने अर्को समुहले सनराइज बैंकसंग मर्जमा जाने सम्बन्धमा प्रकृया अघि बढाएको थियो । तेस्रो समुहले एनसीसीसंग कसरी अघि बढ्ने भन्ने सम्बन्धमा गृहकार्य गरिरहेको थियो । यो रस्साकस्सीका बीच कुमारीले एनसीसीमा मर्ज हुने विषयलाई अन्तिम रुप दिएको हो । 

 

अहिले एनसीसी बैंकको चुक्ता पूँजी २ अर्ब २ करोड र कुमारी बैंकको चुक्ता पूँजी दुई अर्ब ४३ करोड छ ।  रुपैंया छ । चार विकास बैंकलाई आफुमा मिलाएपछि पाँच अर्ब ३ करोड ८३ लाख रुपैयाँ पुग्नेछ । एनसीसीसँग मर्ज हुने चार वटा विकास बैंकमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी इन्फ्रास्ट्रक्चर बैंकसँग ८२ करोड ७५ लाख चुक्ता पूँजी छ भने सुप्रिम डेभलपमेन्ट बैंकको ८१ करोड १६ लाख, इन्टरनेशनल डेभलपमेन्ट बैंकको ७० करोड ४ लाख तथा एपेक्स डेभलपमेन्ट बैंकको ६६ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

पछिल्लो पटक वाणिज्य बैंकहरु मर्जरमा जानका लागि सम्झौता गर्नेको संख्या १० पुगेको छ ।

...................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।