बुधबार बसेको बैंक सञ्चालक समितिको १ सय ८४ औं बैठकले हकप्रद र बोनस बितरण गरे पछि बन्ने पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । बैठकले हकप्रद शेयर निष्काशन तथा बोनस शेयर पारित गर्नका लागि माघ २२ गतेका लागि साधारण सभा आह्वान गरेको छ । साधारण सभा प्रायोजनका लागि बैंकले माघ ८ गतेदेखि २२ गतेसम्म शेयरधनी पुस्तिका बन्द हुने जनाएको छ ।
गत आर्थिक वर्षमा बैंकले २ अर्ब १२ करोड रुपैंया चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । गत असोज २० गते बुक क्लोज गरी बैंकले उक्त मिति पहिलेका शेयरधनीलाई २५ प्रतिशत अर्थात ५३ लाख कित्ता हकप्रद पुस १० गतेसम्म निष्काशन गरेको थियो ।
त्यसै क्रममा उसले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर पनि बितरण गर्ने निर्णय गरिसकेको छ । गत आर्थिक वर्षको हकप्रद र बोनस बितरण पश्चात हुने चुक्ता पूँजी २ अर्ब ८४ करोड रुपैंयाको ३० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।
अहिले प्रस्ताव गरिएको हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड रुपैंया पुग्ने छ । गत आर्थिक वर्षमा २५ करोड ७९ लाख रुपैंया खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ४२ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षमा १२ रुपैंया १७ पैसा प्रतिशेयर आम्दानी रहेको बैंकले चालु आर्थिक वर्षमा त्यसलाई वृद्धि गरि १४ रुपैंया कायम गराएको छ ।
...................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।