
साधारणसभाले एकता विकास बैंक लिमिटेड बुटवल, तथा नेपाल आवास फाइनान्स लिमिटेड काठमाण्डौंलाई सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडमा गाभ्न यसअघि सञ्चालक समितिले गरेका सम्पूर्ण निर्णयहरुलाई पारित गरेको छ । साथै यी तीन कम्पनीबीच भएको मर्जर सम्झौतालाई स्विीकृत गर्दै मर्जरका लागि अन्तिम स्विकृति समेत प्रदान गरेको छ ।
मर्जर पश्चात बैंकको चुक्ता पूँजि १ अर्ब १४ करोड, निक्षेप ११ अर्ब ५० करोड , कर्जा लगानी ९ अर्ब ५० करोड, शाखा संजाल ३० तथा कर्मचारी संख्या २७२ हुनेछ । मर्जर पछि बैंकको नाम सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड नै रहनेछ भने अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडकै तर्फबाट रहनेछन् ।
साथै साधारणसभाले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई ११ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका निमिक्त ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभामा बैंक सञ्चालक समितिको तर्फबाट अध्यक्ष कृष्ण चन्द्र सुबेदीले विभिन्न आरोह–अवरोह पार गर्दै बैंकले विगत ४ आर्थिक बर्षमा पहिलो पटक शेयरधनीलाई लाभांश दिन सफल भएको बताए ।
साथै उनले बैैंकको पूँजिगत आधार सुदृढ गर्दै आगामी दिनमा बैंकलाई थप ग्राहकमुखि बनाउदै लैजाने प्रतिबद्धता जनाए ।
साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले भुकम्प तथा जारी आर्थिक संकटबाट राष्ट्रिय अर्थतन्त्र अप्ठ्यारो अवस्थाबाट गुज्रिएता पनि, चालु आ. ब. २०७२/०७३ को प्रथम ६ महिनामा बैंकले समग्र ब्यवशायमै २० प्रतिशतको को बृद्धि हाँसिल गर्न सफल भएको दाबी गरे ।
...................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।