नेरुडे लघुवित्तले पारित गर्यो ४४ प्रतिशत बोनस शेयर, ५० प्रतिशत हकप्रद निष्काशन गर्ने

Jan 14, 2016 Mero Lagani



१२ करोड ५० लाख रुपैंया चुक्ता पूँजी हुँदा गत आर्थिक वर्षमा ८ करोड ३७ लाख रुपैंया खुद नाफा कमाएको नेरुडे लघुवित्त विकास बैंक (NLBBL) ले शेयरधनीलाई ४४ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बिराटनगरमा मुख्य कार्यालय रहि देशव्यापी रुपा सेवा दिंदै आएको लघुवित्तले कर प्रायोजनका लागि लगानीकर्तालाई २ दशमलव ३२ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव पारित गर्दै ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय पारित गरेको छ ।

अहिले १२ करोड ५० लाख रुपैंया चुक्ता पूँजी बोनस शेयर बितरण पश्चात १८ करोड रुपैंया पुग्ने र त्यसको ५० प्रतिशत अर्थात ९ करोड रुपैंया बराबरको हकप्रद शेयर निष्काशन गर्ने जानकारी लघुवित्तका कम्पनी सचिव ऋषिप्रसाद न्यौपानेले जानकारी दिए ।

लघुवित्तले १९ जिल्लाका ४९ कार्यालय मार्फत ८० हजार ९ सय १५ महिला सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । लघुवित्तले १ अर्ब ६७ करोड ८३ लाख ६ हजार ३ सय ३४ रुपैंया लगानी गरेको छ ।

...................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।