गुडविल फाइनान्सले निष्काशन गर्ने भयो २५ प्रतिशत हकप्रद, १० प्रतिशत बोनस पारित

Jan 15, 2016 Mero Lagani



गुडविल फाइनान्स (GFCL) ले फाइनान्सका लगानीकर्तालाई २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । फाइनान्सको साधारण सभाले हकप्रद निष्काशनको प्रस्ताव पारित गर्दै शेयरधनीलाई १० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।

अहिले फाइनान्सको चुक्ता पूँजी ३३ करोड रुपैंया रहेकोमा १० प्रतिशत बोनस शेयर बितरण पश्चात चुक्ता पूँजी ३६ करोड ३० लाख रुपैंया पुग्ने छ । त्यस पछि फाइनान्सले २५ प्रतिशत हकप्रद निष्काशन गर्नेछ । हकप्रद निष्काशन पश्चात फाइनान्सको चुक्ता पूँजी ४५ करोड रुपैंया नाघ्ने छ ।

बुधबार सम्पन्न साधारण सभाले संस्थापक शेयरधनीका तर्फबाट राजाराम जोशी, स्वर्गमान सिंह श्रेष्ठ, जयकारप्रसाद गौचन, दिलीपकुमार मुनकर्मीलाई सन्चालक चयन गरेको छ । त्यसै गरि साधारण शेयरधनीका तर्फबाट विश्वप्रकास साखः, उत्तमराज कायस्थ, पशुपतिभक्त श्रेष्ठलाई सन्चालक चयन गरेको फाइनान्सद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

......................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।