
उक्त साधारण सभामा विशेष प्रस्तावको रुपमा रहेको पूँजी बृद्धि सम्बन्धमा बोनस शेयर वितरण पश्चात हुन आउने शेयर पूँजीमा २ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय समेत पारित भएको छ । उक्त निर्णय पश्चात चालु आर्थिक वर्षमा बोनस शेयर वितरण पश्चात हकप्रद शेयर निष्काशन गरी संस्थाको चुक्ता पूँजी रु ५ करोड ४० लाख पुग्नेछ ।
त्यस्तै, सभाले सर्वसाधारण तर्फबाट कृष्णराज सिलवाल, शिवप्रसाद मिश्र र कमला सापकोटालाई निर्विरोध सञ्चालकमा चयन गरेको छ ।
संस्थाले नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत शेयरहरुको अभौतिकीकरणका लागि सिडिएस एण्ड क्लियरिङ्ग सँग सम्झौता गरिसकेको छ । हाल संस्थाको देशका विभिन्न ११ जिल्लाहरुका १६ वटा स्थानहरुमा शाखा कार्यालय सञ्चालनमा रहेका छन । यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट १५ जिल्ला कार्यक्षेत्रका लागि स्वीकृति प्राप्त गरेको छ ।
...................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।