नेप्सेले बनायो नयाँ रेकर्ड, अब कता जाला शेयर बजार ?

Jan 17, 2016 Merolagani



नेपाल स्टक एक्सचेन्जमा आईतबार खरिदकर्ताहरुको चाप पर्दा नेप्से परिसुचकले नयाँ कित्र्तिमान कायम गरेको छ । बजार खुलेदेखि नै शेयरको भाऊ बढ्दै गएकोमा कारोबारको अन्तिम समयमा नेप्से १२१२ नाघेर बजार बन्द हुँदा ऐतिहासिक किर्तिमान कायम हुन पुगेको हो । यसअघि नेप्से १२०६ सम्ममा बन्द भएकोमा त्यसलाई तोड्दै १२१२ मा नेप्से कायम भएको छ । लामो समयपछि नेप्सै एकैदिन २२ अंकले बढ्नुले लगानीकर्ताहरुमा उत्साह थपेको छ । 

 

 

 

 

 

 

 

 

 

 

 

 

सबै कम्पनीहरुको अनिबार्य अभौतिक शेयर कारोबार सुरु भएकै दिन नेप्सेमा नयाँ रेकर्ड कायम हुनुलाई बजारले प्रबिधिाई पत्याएको मान्न सकिन्छ । अर्कोतर्फ झण्डै चार महिनादेखिको राजनीतिक गतिरोध र भारतीय नाकाबन्दी हट्ने संभावना बढेकाले पनि लगानीकर्ताको मनोबल उकासिएको मानिएको छ । अनिबार्य अभौतिक शेयर कारोबारमा समाबेश हुन नसकेका ६०  कम्पनीहरुको शेयर किनबेचमा बन्देज लागेको, मर्जमा गएर १० वटा बाणिज्य बैंकसहित तीन दर्जन संस्थाहरुको कारोबार रोकिदा सिमित कम्पनीहरुको शेयरमा खरिदकर्ताको चाप परेको स्पष्ट देखिन्छ । बजारको बिश्लेषण गर्दा माग र आपुर्तिको सन्तुलन कायम हुन नसक्दा शेयरको मूल्य बढेको देखिन्छ ।

अधिक तरलताका कारण शेयर बजारमा लगानी गर्नेहरुको कमी नभएको र लगानीको अन्य विकल्प नभएकाले पनि नेप्सेलाई आड मिलेको देखिएको छ । दोस्रो त्रैमासिक बित्तीय बिबरणमा प्रगतिको आश गर्दै लगानीकर्ताले नेपाल बैंकलगायत केही बाणिज्य बैंकमा आँखा लगाएको बुझ्न सकिन्छ । पुस मसान्त सकिएर नयाँ कर्जा प्राप्त गर्न सजिलो भएकाले शेयर धितो राखेर रकम निकाल्नेहरु पनि शेयर बजारमा सक्रिय रहेका पाईएको छ ।

आईतबार ५५ करोड बराबरको शेयर किनबेच हुँदा धेरै कमाउनेमा फस्ट माईक्रो, मुक्तिनाथ लगायतका लघुबित्तहरु रहे भने बाणिज्य बैंकहरुमा पनि लगानीकर्ताको उत्तिकै चाप देखियो । त्यस्तै केही बिकास बैंकहरु सबैभन्दा धेरै गुमाउनेमा रहे ।

राजनीतिक समस्या स्थायी रुपमा समाधान हुने स्पष्ट भएमा शेयर बजारले अझै उचाई लिने आँकलन गरिएको छ ।

 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।