नेप्सेले रेकर्ड माथि रेकर्ड बनाउँदा बजारमा के के भयो ?

Jan 18, 2016 Mero Lagani



शेयर बजार परिसूचक नेप्सेले किर्तिमान बनाउने क्रमलाई दोस्रो दिन पनि निरन्तरता पाएको छ । पाँच महिना अगाडिको रेकर्ड ब्रेक गर्दै आइतबार नयाँ उचाईमा पुगेको नेप्से सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बैंकिङ तथा होटल समूहमा आएको सुधारले समग्र नेप्से उकासिएको हो । नेप्सेले नयाँ उचाई लिएको बजारमा कारोबार रकममा समेत सुधार आएको छ ।

बजारमा शेयर अभाव भएपछि खरिदकर्ताको चाप बढ्दा नेप्सेले नयाँ किर्तिमान बनाउने क्रमले निरन्तरता पाएको हो ।

सोमबार नेप्से २.३१ अंकले उक्लिएर १२१४.३१ अंकमा पुगेको छ । बजार खुलेदेखि निरन्तर उकालो लागेको नेप्से एकसमयमा १२२३ अंकमा पुगेको थियो । त्यसपछि निरन्तर ओरालो लागेको नेप्से अघिल्लो दिनको भन्दा पाँँच अंक तलसम्म झरेर पुन उकालो लागेको हो । नेप्से बढ्दा लगानीकर्तामा उत्साह देखिएको भएपनि स्थीर रहनेमा भने ढुक्क देखिदैनन् ।

सबै कम्पनीहरुको अनिबार्य अभौतिक शेयर कारोबार सुरु, राजनीतिक गतिरोध र भारतीय नाकाबन्दी हट्ने संभावना, तरलता, कम्पनीहरुले घोषणा गरेका लाभांश, हकप्रद लगायतले बजार उकास्न सघाउ पुगेको देखिन्छ । शेयर डिम्याट नगरेका र मर्जरमा गएका गरी पाँचदर्जन बढि कम्पनीको कारोबार रोकिदा बजारमा शेयरको माग र आपुर्तिको सन्तुलन कायम हुन नसक्दा शेयरको मूल्य बढेको देखिन्छ ।

 

बजारमा शेयर अभाव भएपछि बाणिज्य बैंकको सेयर कारोबार अकासिएको छ । सानिमा, ग्लोबल आइएमई, एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल बंगलादेश बैंक, सिटिजन बैंक लगायतका बैंकको कारोबार बढेको छ ।

सानिमाले सबैभन्दा धेरै साढे ५ करोड ५८ लाख बराबरको शेयर किनबेच भएको छ । ग्लोबल आईएमइले चार करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार गर्दा एसबीआई बैंकको ४ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

यसदिन वाणिज्य बैंक समूहको मात्रै ३९ करोड बराबरको कारोबार भएको छ भने यो समूहको सूचक ४.७ अंकले बढेर ११०९.६८ अंकमा पुगेको छ ।

विकास बैंक समूहले वाणिज्य बैंक समूहलाई पछि पारेको छ । यो समूहको सूचक ९.६९ अंकले बढेर ११६७.८२ अंकमा पुगेको छ । यो समूहको ६ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका मध्ये वीत्त, विमा र उत्पादन समुहको सूचक घटेको छ ।

 

सोमबार शेयरबजारमा ८७ कम्पनीको ६२ करोड रुपैयाँ भन्दा बढिको कारोबार भएको छ । जून अघिल्लो दिनको तुलनामा सात करोड बढि हो । नेप्सेले नयाँ उचाई लिदा कमाउनेमा नेशनल हाइड्रो, शुभेच्छा विकास बैंक रहेका छन् । यी दुई कम्पनीको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढेको छ ।

त्यस्तै एभरेष्ट बैंक संस्थापक, फस्र्ट माइक्रो, एक्सल डेभलपमेन्ट, ग्लोबल आईएमइ बैंक लगायतका कम्पनी कमाउनेमा परेका छन् ।

लुम्बिनी इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढि गुमाउँदा यत्ति डेभलपमेन्ट बैंक, रुरल माइक्रो,नेको इन्स्योरेन्स,लाइफ इन्स्योरेन्स, युनिलिभर लगायत गुमाउनेमा परेका छन् ।

आर्थिक सूचकहरु सकारात्मक भएर नेप्सेले नयाँ रेकर्ड बनाएको नभइ राजनीतिक सहमति र डिम्याट कारोबारका कारण आपुर्ति कम हुँदा नेप्सेले उच्च रेकर्ड बनाएको लगानकीकर्ता बताउँछन ।
पछिल्लो सातामा औसत ५० करोड रुपैयाँको सेयर कारोबार भइरहेको छ ।

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।